बीस प्रतिशत बोनसको लागि भागोप्रमो ट्रेड युनियनद्वारा चियाबारीहरुमा गेट मिटिङ गरेर अनित थापालाई दिए धन्यवाद

Share this news

खरसाङ, (निसं): पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई 20 प्रतिशत बोनस दिनु पर्ने एडभाजरी जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापालाई धन्यवाद दिइएको छ। चियाबारी श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाको पहलको कारणले राज्य सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिनुपर्छ भन्ने एडभाइजरी आएको भन्दै खरसाङ महकुमा समितिले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र महासचिव भक्तिमान तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको पक्षमा सरकार समक्ष अनित थापाले बोलिदिएको कारणले यसपालीको बीस प्रतिशत बोनसको कुरालाई राज्य सरकारको श्रम विभागबाट प्रस्ताव आएको बताएका छन्‌‍। उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको श्रम विभाग, दार्जीलिङ नर्थ रीजनल जोनबाट 22 अगस्ट 2025 मा जारी गरिएको सल्लाह पत्र, आर्थिक वर्ष 2024-25 का लागि दार्जीलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्स क्षेत्रका चिया बगानका श्रमिकहरूलाई 20 प्रतिशत बोनस दिने निर्णय गरिएको छ। यसपाली 20 प्रतिशत बोनस दिने भनिएपछि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महकुमाको विभिन्न कमानहरुमा गेट मिटिङ गरेर चियाबारी श्रमिकहरुलाई पनि जानकारी गराइएको छ। यसको साथै महकुमा समितिले बीस प्रतिशत बोनसको लागि जीटीए प्रमुख अनित थापा, उत्तर बंगालका श्रमायुक्त, श्रम मन्त्री मोलय घटक र मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्‌‍। यस क्रममा समितिको आयोजनामा जंगपाना चियाबारीमा सभापति सागर गुरुङ्को अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको जसमा उनी लगायत पूर्व सचिव सन्तोष गुरुङले सम्बोधन गरेका थिए।त्यसरी नै मन्टिभियट चियाबारीमा महकुमा उपाध्यक्ष किसान लेप्चाको अध्यक्षतामा, स्प्रिङ साइड चियाबारीमा महकुमा सचिव भक्तिमान तामाङ्को अगुवाईमा र गिताङ्गे चियाबारीमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा गेट मिटिङ सम्पन्न भएको छ।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ