भागोप्रमो चैतेपानी शाखाको सफाई अभियान आरम्भ

Share this news

खरसाङ, 12 जुलाई (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चौतेपानी शाखाद्वारा गाउँ सफाई अभियान आरम्भ गरिएको छ। जीटीएको 28 नम्बरह समष्टि अन्तर्गत चैतेपानी शाखाद्वारा शनिवार चैतेपानीको मुख्य सड़कदेखि गाउँ पस्ने बाटो किनारको घाँस-पात, झार-जंगलको सफाई गरियो। सफाई गर्ने क्रममा बन्द भएका नालीहरू खोलिने कार्य पनि गरियो। सफाईपछि सड़क किनार, नाली अनि वरिपरिको क्षेत्रमा ब्लिचिङ छर्किने कार्य पनि गरियो। प्राप्त जानकारी अनुसार सभासद् श्याम शेर्पाले ब्लिचिङ उपलब्ध गराएका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चैतेपानी शाखा सभापति सञ्चवीर राई, सचिव नवराज गजमेर, अन्य नेतृत्वहरू विराज राई, प्रशान्त शर्मा, प्रमोद सुब्बा, सञ्जय लोहागण, सुनिल रुचाल, लक्ष्मण शर्मा उपस्थित रहेका थिए भने यी नेतृत्वहरूको पहलमा यो कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा गाउँवासीको पनि राम्रो उपस्थिति थियोे। यस कार्यक्रम बारेमा गाउँवासी प्रशान्त शर्माले जानकारी गराउदै भने, बर्खायामा गाउँको बाटोमा धासँ-पात, झार-जंगल पलाएर मानिसहरूलाई हिँड़न निकै समस्या हुने गर्छ, सर्प र जंगली जनावारहरूको पनि डर हुन्छ, बाटोमा लेउ लागेर चिप्लो भएकोले लड़ने सम्भवना रहन्छ। विगतमा कतिपय मानिसहरू बाटोमा लड़ेर हड्डी भाँचिएको घटनाहरू पनि छन्। यसैले हामीले बाटो, नाली अनि वरिपरिको सफाई गर्ने नालाहरू खोल्न कार्य साथै बाटोमा ब्लिचिङ पाउडर छर्ने कार्य गरेका हौँ। यो कार्यक्रम जनसाधरणमा जागरुता फैलाउने उद्देश्यले पनि गरिएको हो, आफ्नो गाउँ-घर आफै सफा राख्नुपर्छ, विभागमा मात्रै भर पर्नु हुँदैन, कारण हामी आफैले सफा गर्‍यौँ भने हामीले मैला गर्नु हुँदैन भन्ने सोच हामीमा पलाउँछ। तिनले यो सफाई अभियान शनिवारदेखि आरम्भ भएको बताउदै कार्यक्रम निरन्तर जानेछ आइतवारदेखि फेरि युवा शक्तिकाहरूले निरन्तर कार्य गर्नेछन्। तिनले यस कार्यक्रममा सभासद् श्याम शेर्पा केही समयको लागि उपस्थिति प्रोत्साहन प्रदान गरेका थिए, सभासद्ले ब्लिचिङ पाउडर प्रदान सहयोग प्रदान गरेका थिए, यसको निम्ति सम्पूर्ण गाउँवासीको तर्फबाट धेरै धेरै धन्यवाद दिन्छौँ भने। तिनले ललिता छेत्री अनि सफाई कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण धन्यवाद दिए भनी प्रचारप्रसार सदस्य विरस राईले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ