फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

Share this news

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न भानुसिधु गोल्डकप अण्डर -सेभेन्टिन बोइस च्याम्पियनसिप संस्करण दोस्रोमा मजुवा ग्राम भीरगाउँ निवासी लियोनल फ्रेन्चसिस राईले दार्जीलिङ जिल्ला टोलीको तर्फबाट खेल्ने अवसर पाएका छन् ।आगामी  पहिलो अगस्तदेखि पुरूलिया जिल्लामा सम्पन्न हुने राज्य स्तरीय टुर्नामेन्टको निम्ति आगामी 29 जुलाईको दिन दार्जीलिङका टोलीले प्रस्थान गर्ने पनि सुत्र मार्फत थाहा लागेको छ भने उनिहरूले आगामी 2 अगस्तको दिन खेल मैदानमा पहिलो खेलको निम्ति उत्रिनु पर्नेछ। भानुसिधु गोल्ड कप च्याम्पियनसिप-मा पहाडका 4 वटा साथै समतल,जंगलमहल भित्र पर्ने 4 वटा जिल्लाहरूका अण्डर -सेभेन्टिङ बोइस नानीहरूलाई लिएर जिल्ला हुँदै राज्य स्तरीय टुर्नामेन्टमा खेल्नु पर्नेछ। वर्ष 2023-24 देखि आरम्भ टुर्नामेन्टमा उत्कृष्ट प्रर्दशन गरेको खण्डमा राष्ट्रिय स्तरीय खेल प्रर्दशन गर्नमा पनि छनौट सहज हुने जान्नमा आएको छ। स्मरण रहोस, लियोनल फ्रेञ्चसिस राई सानैदेखि फुटबल खेलमा चासो राख्ने भएकोले उनको कोशिस र मेहनतले 62,63 अनि 64 वाँ सुब्रोतोकप साथै दार्जीलिङ प्रिमियर लिग वर्ष 2024-25 लगायत जीटीए चियरमेन कप, जोराज मेमोरियल कप जस्ता टुर्नामेन्टमा आफ्नो खेल प्रर्दशन गरिसकेका छन भने उनको आगामी खेल उत्कृष्ट प्रर्दशन र राज्य स्तरीय टुर्नामेन्ट खेल्न छनौट भएकोमा क्षेत्र वासीहरूले शुभकामना दिएका छन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ