खरसाङ क्षेत्रकाहरूलाई नेपाल जान छोटो र सुगम मार्ग पानीघट्टा रोड जीर्ण

Share this news

खरसाङ, (निसं)ः खरसाङ क्षेत्रबाट नेपालको काकरभिटा पुग्ने छोटो मार्ग हो दुधेबाट बालासन खोला पार गरेर पानीघट्टा, बेलगाछी, नक्साल भएर पानीट्याङ्की पुग्ने सड़क। यहाँबाट दैनिक धेरै गाड़ीहरू हिँड़ने गरेका छन्‌‍ भने ती मध्ये धेरै गाड़ी नेपालको काकरभिटा जाने अथवा काकरभिटाबाट आउने गरेको पाइएका छन्‌‍। नेपाल आउ-जाउ गर्न मात्र होइन, पानीघट्टा, च्याङ्गा, कटहरे, पुटुङ्को खोपरेल, लोहागढ़, बेलगाछी, निरपानी बस्तीकाहरूलाई खरसाङ, दार्जीलिङ आउनको निम्ति यो सड़क छोटो र सुगम सड़क हो। यसै सड़क भएर बाघडुग्रा, नक्साल संलग्न क्षेत्रबाट धेरै पर्यटकहरू दुधे क्षेत्रमा घुम्न आउने गरेका पनि पाइएको छ। वर्तमानमा यो सड़क दुधेदेखि उता बालासन पारी पानीघट्टासम्म भत्किएको अवस्थामा रहेको पाइएको छ। सड़क भत्किएर जग्गा जग्गामा खाल्डा बनेकोले गाड़ी चालक, मोटर बाईक सवार, स्कुटी सवारहरूलाई निकै समस्या भइरहेको छ। वर्षाको समयमा सड़कको खाल्डाहरूमा पानी जमिने भएकोले चालकहरू अझ समस्यामा पर्ने गरेका छन्‌‍। खाल्डामा पानी जमिएकोले खाल्डाको गहिराइको अनुमान लगाउन नसकेर लड़ेको कतिपय बाईक सवारले यस सम्वाददातालाई बताए। बागडुग्राबाट दुधे घुम्न आएका एक मोटर बाईक सवार पंकज रोयले भने, हामी समय समयमा यहाँ घुम्न आउने गर्छौँ। पानीघट्टादेखि उताको सड़क ठिकै छ तर पानीघट्टादेखि दुधेको पूलसम्मको सड़कको अवस्था ठिक छैन। सड़क भत्किएको छ, त्यसैमाथि अहिले वर्षाकालमा सड़कको खाल्डामा पानी जमिएर अझ समस्या हुने गरेको छ। बागडुग्रा क्षेत्रबाट यहाँ धेरै मानिसहरू घुम्न आउने गर्छन्‌‍। कतिपय गाड़ीमा आउछन्‌‍ भने कतिपय मोटर बाईक वा स्कूटीमा आउछन्‌‍। यो सड़क वर्तमानमा एउटा व्यस्त सड़क हो। यसको मरमत गर्नु पर्ने हो। पानीघट्टाका एक व्यक्तिले वर्तमानमा खरसाङ, दार्जीलिङ अनि पहाड़को अन्य क्षेत्रसित पानीघट्टालाई जोड़ने यो सड़क एउटा मुख्य मार्ग रहेको बताउदै पानीघट्टाबाट खरसाङ, दार्जीलिङ दैनिक गाड़ी यसै सड़कबाट चल्ने गरेको बताए। तिनले पानीघट्टा अनि खरसाङ र संलग्न क्षेत्रकाहरूलाई नेपाल जानको निम्ति छोटो र सजिलो मार्गको रुपमा रहेको यस सड़कको मरमति गरेर सुविधा युक्त बनाउन पर्ने बताए।

Share this news
आजको रोजाइ
नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

आजको रोजाइ