नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

Share this news

खरसाङ, (निसं): वर्तमानमा नागपञ्चमी, कुशे औँसी लगायत अन्य धार्मिक, सांस्कृतिक परम्पराहरूको महत्व घट्दै गइरहेको छ। अघिको समयमा खरसाङ बजार अनि गाउँ-बस्ती क्षेत्रमा नागपञ्चमीको दिन बिहानैदेखि नाग टाँस्ने बाहुन (पुरोहित) हरूको आगमन प्रत्येक घरमा हुन्थ्यो भने वर्तमानमा धेरैले नाग टाँस्न छोड़िसकेका छन्‌‍। अघिको समयमा नगपञ्चमीको दिन एउटा खुशीको दिनको रुपमा लिइन्थ्यो। नागपञ्चमीलाई दशैँ आएको सूचकको रुपमा हेरिन्थ्यो, बाल-बालिका, किशोर-किशोरी, युवा-युवतीहरूमा यस दिनले खुशी ल्याउने गर्थ्यो। वर्तमानमा त्यस्तो छैन, वर्तमानमा धेरैलाई नागपञ्चमीको त्यस्तो खालै रहँदैन भन्ने धेरैको मत छ। केही वर्ष अघिसम्म घर-घरमा पुजारीहरू नाग टाँस्न आउने गरेकाले नागपञ्चमीको बारेमा थाहा लाग्ने गर्थ्यो, वर्तमानमा पुजारीहरू नाग टाँस्न आउन छेड़ेकाले धेरैले नागपञ्चमीको ख्लाय नरहनेको गरेको बताएका छन्‌‍। कतिपय विद्यालयका विद्यार्थीहरूलाई यस विषयमा प्रश्न गर्दा यस बारेमा जानकारी नरहेको बताए भने कतिपयले बिहान घरमा गाउँका पुजारी नाग टाँस्न आएकाले थाहा लागेको बताए। खरसाङ्को धेरै क्षेत्रमा यो वर्ष नाग टाँस्नलाई पुरोहितहरू नआएको थाहा लागेको छ। डुमाराम बस्तीकी आशामाया राईले भनिन्‌‍, यो वर्ष नाग टाँस्नलाई कोही पनि पुरोहित आएनन्‌‍। दुई वर्ष अघिसम्म घनश्याम बाजे प्रत्येक वर्ष नाग टाँस्न आउथे, तिनी पनि अहिले बिरामी छन्‌‍। पोहोर साल एकजना पुजारी नाग टाँस्न आएका थिए, यो वर्ष त कोही पनि आएनन्‌‍। अघिको समयमा चार-पाँच जना पुरोहित नाग टाँस्नको निम्ति आउँथे। नागपञ्चमी आएपछि दशैँ नजिक आएको बुझिन्थ्यो। हामी त साना छँदा नागपञ्चमी आएपछि रमाउँथ्यौँ, दशैँ नजिक आयो, दशैँमा नयाँ लुगा लगाउन पाइन्छ, टिका लगाउन जान पाइन्छ भनेर शुखी लाग्थ्यो, अहिले त्यस्तो छैन। गड्डी लाईनकी एक वृद्धाले पनि यो वर्ष नाग टाँस्नको निम्ति एक जना मात्र पुरोहित आएको ती पनि गोर्खा पुरोहित नरहेर अर्कै जातिका पुरोहित रहेको बताइन्‌‍। तिनले भनिन्‌‍, अघिको समयमा नाग टाँस्नलाई धेरै जना पुजारी आउने गर्थे अहिले सबैले छोड़िसके, पुरोहितहरू त अहिले पनि छन्‌‍ तर यसरी संस्कार-संस्कृति र पर्वहरू पालन गर्न छोड़िसके। तल्लो डुमाराम बस्ती निवासी सुदन सिंहले भने, वर्तमानमा नाग टाँस्ने पुरोहितहरू आउन छोड़े, वर्तमानमा पुरोहितहरू पनि कम छन्‌‍। हाम्रोमा एकै जना पुरोहित नाग लिएर आएका थिए। तिनले हातैमा नाग दिएर गए, हामी आफैले टाँस्यौँ। हामी बालकदेखि किशोर अवस्थासम्म नागपञ्चमी आएपछि रमाउने गर्थ्यौँ। नागपञ्चमीलाई दशैँ आएको सूचक सम्झन्थ्यौँ। अहिलेका नानीहरूलाई त नागपञ्चमीको बारेमा थाहा पनि छैन। तिनले यसरी संस्कार, संस्कृति र परम्पराहरू छोड़िन्दै, तोड़िन्दै गएकोमा दुःख प्रकट गरे। डाउहिल रोडका एक व्यक्तिले वर्तमानमा पुरोहितहरू आफ्नो यजमानहरूकोमा मात्र नाग टाँस्न, कुशे औँशीमा कुश, साउन पूर्णिमामा रिखी डोरी लिएर जाने गर्छन्‌‍। सबै कहाँ जाँदैनन्‌‍ भनी बताए। हिन्दु पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन नागपञ्चमी पालन गरिन्छ, यस दिन नागको पूजा गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। हिन्दु धर्म परम्परा अनुसार यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। नागपञ्चमी नेपाल, भारतमा रहेका नेपाली भाषी हिन्दु, कतिपय बौद्ध, भारतका हिन्दुहरूले पालन गर्ने गरेका छन्‌‍। तथापि नेपाली भाषीहरूमा नागपञ्चमीको छुट्टै विशेषता छ र यसलाई केही अलग तरिकाले पालन गरिने गरिन्छ।


Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ