धोतरिया नव निर्मित स्मारकमा शहिद दिवस पालन

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): धोतरिया चियाबारीमा नव निर्मित शहिद स्मारक परिसर अफिस गाउँमा 27 जुलाई  शहिद दिवस भव्यरुपमा शहिद वेदी संरक्षण समिति धोतरियाको आयोजना  सम्पन्न गरियो।
गत वर्ष 27 जुलाईको शहिद दिवसमा जिर्ण अवस्थामा रहेको शहिद वेदीलाई पुण: निर्माण गर्नहेतु गठन गरिएको शहिद वेदी संरक्षण समितिको पहलमा आज उक्त नव निर्मित शहिद स्मारकमा सहिद दिवस पालन साथै यसको अनवरण गरियो, जसमा बौद्ध धर्मावलम्बीहरुबाट विधिवत बुम-पाठ गरियो भने हिन्दु धर्मबाट ब्राह्मणको पक्षबाट शहिदहरुको चिर शान्तिको निम्ति शान्ति पाठ पुजा अर्चना साथै ईशाई धर्मावलम्बीबाट प्रार्थना सभा राखिएको थियो।
जसको प्रमुख अतिथि क्रमैले रंगबुल-धोतरिया -रम्बुक समष्टिका सभासद साथै जीटीए सभाका डिपुटी चियरमेन राजेश चौहान,पूर्व पार्षद एनबी प्रधान,अनि इन्डियन ग‍ोर्खा जनशक्ति फ्रण्डका केन्द्रीय श्रमिक संगठन भापति डीके गुरुङ रहेका थिए। अतिथिहरुमा क्रमैले धोतरिया-कलेजभेली ग्राम पञ्चायतका प्रधान,रंगबुल ग्राम पञ्चायतका प्रधान,खुखिया पोखरी खण्डका कर्म अध्यक्षद्वय जीवन प्रधान,हिम्मत प्रधान,जीएनएलएफ केन्द्रीय सदस्य अरुन राई,ब्राञ्च कमिटीका सदस्य रबिन राई,इन्डियन जनशक्ति फ्रण्डबाट समष्टि संयोजक सुवद तामाङ,प्रजातान्त्रिक मोर्चा रंगबुल धोतरिया समष्टिाट सचिव पेमा तामाङ लगायत पाँच शहिद परिवार उपस्थित थिए।
गोर्खाल्याण्ड आन्दोलन विगत 1986 सालमा वीर शहिदहरुको वलिदानको गाथा आजको स्मरण गर्दै सभासद राजेश चौहानले आफ्नो वक्तव्य मा समझना गरे अनि भव्यरुपमा निर्माण गरिएको शहिद वेदी प्रसंसा गर्दै चिरकाल सम्म शहिदहरुको वलिदानप्रति रीणी रहेको बताए यसरनै पूर्व पार्षद एन०बी० प्रधानले बक्तव्यको क्रममा जी०एन०एल०एफ० का पूर्व संस्थापक अध्यक्ष सुवास घिसिङलाई स्मरण गर्दै शहिद किन हुनुपरयो जस विषयमा अवगत गराउदै माटो र जातिको अस्मिता को आन्दोलन 1986 समरमा यी वीर आफ्नो जातिले प्राण आहुती दिएर शहिद बनेर कालेबुङको मेला ग्राउन्डमा भारत-नेपालको सन्धि जलाउदा वीर गति प्राप्त गरेका संन्तानहरुको स्मरण 27 जुलाईलाई शहिद को रुपमा घोषणा गरिएको बताए यसरी नै इन्डियन गोर्खा जनशक्ति फ्रण्डका केन्द्रीय श्रमिक नेता डीके गुरुङले आफ्नु वक्तव्यमा शहिदहरुलाई सम्झना गर्दै कुनै पार्टी झण्डा र रंग नहेरेर जातिको निम्ति एक जुट भएर काम गर्नपर्ने अनि लक्ष्यसम्म पुग्न सकिने विचार व्यक्त गर्दै यसरी नै समग्रमा शहिद दिवस सबैले मनाउन पर्ने बाताए। कार्यक्रमका सभापति संरक्षण समितिका सभापति निमा गोले थिए भने कार्यक्रम सञ्चालन संरक्षण समितिका सचिव रोशन चाम्लिङले गरेका थिए।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ