दुधेको घटना सम्बन्धमा आरोपीहरूलाई कसैले सहयोग गर्नुहुँदैन- अनुप गदाल

Share this news

खरसाङ, (सुवास छेत्री)ः गत केही दिनअघि दुधेको शान्तिटोलमा दुईजना नाबालिकमाथि पाँचजना युवकहरूद्वारा गरिएको शारीरिक दुष्कर्मको घटनालाई लिएर सोमवार खरसाङ अदालतमा एकजना पीड़ितालाई उनको बयानको निम्ति ल्याइएको थियो। यसै अवधि पीड़िताहरूको पक्षमा तिनीहरूलाई न्याय दिनुपर्छ औ आरोपीलाई कठोर सजाय दिनुपर्छ भन्ने मांग लिएर आएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष एवम्‌‍ दुधे निवासी अनुप गदालले आरोपीहरूको पक्षमा कसैलाई पनि खड़ा नभइदिने अनुरोध गरेका छन्‌‍। गदालले यस सन्दर्भमा सबै अधिवक्ताहरूसँग पनि भेट गरेर कुरा गरिरहेको जनाउँदै ती आरोपीहरूलाई बचाउँन कसैले पनि तिनीहरूको पक्षमा यो मुद्धा नलड़ीदिने आग्रह गरिरहेको बताए। तिनले वर्तमान हाम्रो समाजमा विशेषगरी छोरीहरू धेरै असुरक्षित भइरहेको जनाउँदै यसको निम्ति तिनीहरूले धेरै हद्सम्म कार्य गरिरहेको जनाए। गदालले यी दुई छोरीहरूलाई अवश्यनै न्याय दिलाउन कुनै पनि हद्सम्म जाने बताउँदै तर ती पाँचजना आरोपीहरूलाई बचाउँन यदि गाउँका कोही पनि व्यक्ति अथवा तिनीहरूका परिवार पक्ष अघि आउँछन्‌‍ भने तिनीहरूलाई कुनै पनि माध्यमद्वारा होस्‌‍ अथवा पञ्चायत राखेर होस्‌‍ गाउँ-समाजबाट वहिष्कार गरिनेछ भनी चेताउनी पनि दिएका छन्‌‍। दोषीहरूले यदि आज सजाय पाएनन्‌‍ भने अरुले पनि यसप्रकारको दुष्कर्म गर्न अलिकति पनि हिचकिचाउने छैनन्‌‍ भन्दै यस्ता व्यक्तिहरू समाजका नराम्रा घाउहरू हुन्‌‍ औ यस्ता व्यक्तिहरूबाट समाजका कोही पनि हाम्रा छोरी-चेलीहरू सुरक्षित हुने छैनन्‌‍ भनी बताए। यस्ता घटना हुनुको मुख्य कारण मादक पदार्थ एवम्‌‍ नशालु पदार्थहरूको धेरै बिक्री वितरण तथा सेवनले पनि हो भन्दै अर्कोतर्फ वेरोजगारी समस्या पनि यसको मुख्य जड़ हो भनी गदालले बताए। तिनले यसको समाधानको निम्ति विशेषगरी विभिन्न स्थानमा सचेतना कार्यक्रमहरू गरिनुपर्ने बताउँदै यस दिशामा युवाहरू नै अघि आउनुपर्ने बताए। तिनले राजनीति गर्नु भनेको केवल झण्डा बोकेर जिन्दाबाद र मुर्दाबाद भन्नु होइन तर यस्ता असामाजिक क्रियाकलापहरूलाई रोक्न औ यस सम्बन्धमा जनतालाई जागरुक गराउनु पनि हो भन्दै तिनले विशेषगरी युवाहरूको यस्ता कार्यमा मुख्य भूमिका रहने जनाए। गत केहीदिन अघिदेखि यस क्षेत्रमा यस्ता घटनाहरू बारम्बार घटिरहेको विषयलाई ध्यानमा राखेर आगामी चाँड़ै दुधेमा एउटा सचेतना कार्यक्रम पनि गरिने जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ