दावा डोमा भोटिया जीटीए क्षेत्रकी प्रथम अनि एक मात्र महिला रेफरी

Share this news

खरसाङ, 20 जुलाई (निस): दावा डोमा भोटिया जीटीए क्षेत्रको प्रथम अनि एक मात्र महिला रेफरी हुन्‌‍। भोटियाले 2023 मा खरसाख फुटबल एसोसिएशन अनि जीटीएको संयुक्त आयोजनामा खरसाङ्को चानबारी खेल मैदानमा सम्पन्न भएको रेफरी प्रशिक्षण शिविरमा प्रशिक्षण प्राप्त गरेर कलकत्ता रेफरी एसोसिएशनबाट थप प्रशिक्षण प्राप्त गरेपछि रेफरीको प्रमाण पत्र प्राप्त गरेकी हुन्‌‍। तकदा क्यान्टोमेन्टको होम बस्ती निवासी पिता छिरिङ भोटिया अनि माता लाक्पा डोमा भोटियाकी सुपुत्री 24 वर्षीय दावा डोमा भोटियाले अहिलेसम्म जीटीए क्षेत्रमा आयोजित विभिन्न फुटबल खेल अनि कलकत्तामा आयोजित कन्याश्री अनि कलकत्ता फुटबल लीगमा रेफरीको भूमिकामा रहेर फुटबल खेल सञ्चालन गरिसकेकी छिन्‌‍। भोटियाले आफू रेफरी बन्न अघि फुटबल खेल्ने गरेकी बताएकी छिन्‌‍। यसरी भोटियाको अघिबाटै फुटबलप्रति लगाव रहेको स्पष्ट बुझिन्छ। भोटियाले रेफरीको कार्य गर्नको अतिरिक्त आफू बीएको निम्ति पढ़ाइ पनि गरिरहेकी बताएकी छिन्‌‍। एक जना महिला भएर रेफरी कार्य गर्दा अथवा घरदेखि टाड़ामा गएर कार्य गर्दा कुनै असुविधाको सामना गर्न परेको छ भनि प्रश्न गर्दा तिनले अहिलेसम्म त्यस्तो कुनै असुविधाको सामना गर्न नपरेको बताइन्‌‍। तिनले भनिन्‌‍, कलकत्तातिर रेफरी गर्न जाँदा हामीले कलकत्ता पुगेर कलकत्ता रेफरी एसोसिएशनलाई रोपोर्टिङ गर्छौँ, त्यसपछि सबै बन्दोबस्त कलकत्ता रेफरी एसोसिएशनले मिलाउछ, कहाँ गएर फुटबल खेल सञ्चालन गर्नु पर्ने, त्यो सबै एसोसिएशनले पोस्टिङ गर्छ। हामीले कुनै असुविधा र अप्ठ्यारोको सामना गर्न पर्दैन। रेफरीको विभिन्न स्तर हुने गरेको बताउदै तिनले वर्तमानमा कलकत्तासम्म फुटबल खेल सञ्चालन गर्न गइरहेकी बताउँदै भविष्यमा कलकत्ता बाहेर देशको विभिन्न स्थानमा रेफरीको निम्ति बोलाइएको खण्डमा आफू जान तयार रहेको पनि बताइन्‌‍। तिनले भविष्यमा रेफरी पेशाको रुपमा कार्य गर्ने निश्चय गरेकी पनि बताइन्‌‍। तिनले आफूलाई दार्जीलिङ रेफरी एसोसिएशनले खटाउने गरेको र एसोसिएशनले खटाएको स्थान र खेलहरूमा आफू रेफरीको भूमिका निभाउन पुग्ने गरेको बताइन्‌‍। वर्तमानमा तीन जना बहिनीहरूले रेफरीको प्रशिक्षण गरिरहेकी बताउदै आगामी दिनमा अझ महिला रेफरीहरू निस्कने पनि बताइन्‌‍। एक मात्र र पहिलो महिला रेफरी रहेकोमा जीटीए अथवा सरकारबाट कुनै सहयोग प्राप्त गर्नु भएको छ भनी प्रश्न गर्दा तिनले भनिन्‌‍, जीटीएले सहयोग गरेको छ, रेफरीको प्रशिक्षण प्राप्त गर्दा जीटीएले यात्रा खर्चहरू सबै बेहोरेको थियो। रेफरीको प्रशिक्षण प्राप्त गर्नमा जीटीएको सहयोग रहेको छ। तिनले रेफरीमा राम्रो करियर रहेको बताउदै युवा पिँड़ी, बहिनीहरूलाई यस क्षेत्रमा अघि आउने आह्वान गरेकी छिन्‌‍।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन