तीनधारे महानदी समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोह

Share this news

तीनधारे, (निसं): तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा तीनधारे महानदी समष्टि स्तरीय 79 औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक समिति तीनधारे महानदी समष्टि कमिटीको आयोजनामा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता आयोजक समितिको सभापति विकास प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। शिक्षक समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्रीले स्वागत सम्भाषण राखेको कार्यक्रमलाई शिक्षक सन्तोष लामाले सञ्चालन गरेका थिए। 79 औं स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय झण्डा उत्तोलन प्रमुख अतिथिको रुपमा उपस्थित सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको थियो। कार्यक्रममा तीनधारे महानदी समष्टिको 23 वटा प्राथमिक पाठशालाहरु र पाँचवटा विद्यालयहरु तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च माध्यमिक विद्यालय, सुकना उच्चतर माध्यमिक विद्यालय र ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारीले सहभागिता जनाएका थिए। कार्यक्रममा यस वर्षको माध्यमिक र उच्च माध्यमिक परीक्षामा समष्टि टप्पर बनेका विद्यार्थीहरुलाई सम्मान जनाइएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिको नरबुङ निवासी पिता शिक्षक डीपी प्रधानकी सुपुत्री डा प्रगति प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। स्वतन्त्रता दिवस समारोहमा विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरिएको छ जसमा मार्चपाट्स, नृत्य, बलुन रेस, 50 र 100 मीटरको रेस, 400 मीटरको रिले रेस, म्युजिकल चेयर आदि आयोजना गरिएको थियो। यस अन्तर्गत नृत्य प्रतियोगितामा ब्लु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारी प्रथम, तीनधारे कन्या विद्यालय दोस्रो र सुकना तेस्रो भएका छन्‌‍। त्यसरी नै मार्च पाट्समा प्रथम रेणुका कन्या विद्यालय, दोस्रो तीनधारे कन्या विद्यालय र तेस्रो ब्लु डाईमण्ड स्कूल घैयाबारी बनेका छन्‌‍ स्वतन्त्रता दिवस समारोहको अवसरमा नै दार्जिलिङ हिमालयन रेलवे र शिक्षकहरुमाझ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। यस खेलमा रेलवे 5-1 को अन्तरले सजिलै विजय बनेका छन्‌‍। कार्यक्रममा मार्च पाट्सको इतिहास विषयमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रभारी शिक्षिका रञ्जना प्रधानले वक्तव्य राखेकी थिइन्‌‍। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै सभासद नवराज छेत्रीले शिक्षक समितिको आयोजनामा स्वतन्त्रता दिवस समारोह सफलतापूर्वक सम्पन्न भएको र आगामी वर्ष पनि शिक्षक समितिको आयोजनामा नै सम्पन्न हुने बताएका छन्‌‍। उनले तीनधारे महानदी समष्टिको प्राथमिक पाठशालाहरु र हाई स्कूलहरु पनि सोमबार एक दिन छुट्टीको घोषणा गरेका छन्‌‍। उनले यसपाली कार्यक्रम सफल बनेको बताउँदै आगामी वर्ष पनि शिक्षक समितिको आयोजनामा नै स्वतन्त्रता दिवस समारोह सम्पन्न हुने र तीनधारे महानदी समष्टिको सम्पूर्ण प्राथमिक पाठशालाहरु र विद्यालयहरुलाई सहभागिताको लागि निवेदन गरेका छन्‌‍। कार्यक्रममा शिक्षक समिति तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान केवल राई लगायत विभिन्न विद्यालयहरुका प्रधान अध्यापक अध्यापिकाहरु, शिक्षक प्रभारीहरु उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै शिक्षा समिति तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्री, उप सभापति संग्राममणि वाइबा र सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ