तीनधारेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे ,7 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सभा रबि सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। तीनधारेको होटल गैरीस्थित वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सम्पन्न सभालाई सीबी भुजेलले सञ्चालन गरेका थिए। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको सह सचिव सञ्जीव लामा, तीनधारे खण्ड समितिको सल्लाहकार बिनय छेत्री र सभाध्यक्ष रबि सुब्बाले पनि सम्बोधन गरेका थिए। सभामा तीनधारे खण्ड समितिको सभापति एंव कर्माध्यक्ष साजन दर्जी, सचिव अनिल राई, उपाध्यक्ष सोनाम लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सह सचिव सिर्जना तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा पार्टीको सांगठनिक गतिविधिहरु र तीनधारेमा अस्पताल विषयमा चर्चा परिचर्चा गर्दै वक्ताहरुले विभिन्न सुझावहरु राखेका थिए। सभामा विशेष गरेर आगामी 27 जुलाईमा हुने शहीद दिवस पालन गर्दै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम आयोजना विषयमा चर्चा परिचर्चा गर्दै यसको लागि कमिटी गठन गर्नलाई सभा राखिएको थियो। सभामा अस्पताल विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा छलफल गरिएको छ। यस विषयमा क्षेत्रीय सभासद नवराज छेत्रीले विशेष पहल गरिरहेको र आगामी दिनमा अस्पताल विषयमा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा आयोजना गर्ने तथा हस्ताक्षर अभियान चलाएर जीटीएका प्रमुख कार्यपाल अनित थापालाई भेट्ने सभामा निर्णय गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ