ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

Share this news

रसाङ, 19 जुलाई (निसं): खरसाङ शहरको विभिन्न ठाउँमा अझ पनि विभिन्न ठाउँमा धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेको छन्‌‍। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गत धेरै समयदेखि नगरपालिकाद्वारा लगाइएको ल्याम्प पोस्टहरूमा बत्ती बलेको छैन्‌‍। यसरी विभिन्न स्थानहरूमा वा विभिन्न मार्गहरूमा लगाइएका स्ट्रीट लाइटको बल्ब नबलेपछि स्थानीयहरूले धेरै समस्या अनि असुविधाहरू झेलिरहेका छन्‌‍। कतिपय स्थानीयहरूले जनाए अनुसार, धेरै समयदेखि खरसाङ बजारको स्थान अनि मार्गहरूमा नगरपालिकाद्वारा लगाइएको स्ट्रीट लाइट बलेको छैन, जसले गर्दा रात परेपछि ती बाटो भएर आउ-जाउ गर्न धेरै असुविधा भइरहेको छ। बर्खाको समयमा स्ट्रीट लाइट नबलेकोले अँध्यारोमा चोरी अनि अन्य आपराधिक घटनाहरू पनि हुने सक्छ। सम्बन्धित निकायले उक्त विषयमा पहल गर्न आवश्यक रहेको छ। अर्कोतर्फ उक्त विषयमा सोधिएकोमा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार, शहरको कतिपय ठाउँमा अवश्यै ल्याम्प पोस्टमा बत्ती बलेको छैन। गत महिना वर्तमान रोडमा एउटा खम्बामा आगो लागेको घटना घटेको थियो, उक्त आगोलागीको घटनाले पनि खरसाङ नगरपालिकाको विभिन्न ठाउँमा रहेको ल्याम्प पोस्टलाई प्रभावित बनाएको छ। त्यति मात्र होइन, बर्खाको समयमा ल्याम्प पोस्टमा कर्मचारीहरूलाई चड़ाउन पनि जोखिम पूर्ण हुन्छ । ल्याम्प पोस्टमा बत्ती लगाउँदा केवल नगरपालिकाको कर्मचारीहरूको मात्र भूमिका हुँदैन तर विद्युत विभागको सहयोग पनि लिन पर्ने हुन्छ। यस बाहेक नगरपालिकामा कुनै पनि बत्तीको काम गर्न वा अन्य कार्यहरूको निम्ति टेण्डर सहित विभिन्न सरकारी प्रक्रिया पुरा गर्न पर्ने हुन्छ । ती प्रक्रियाहरू पूरा गर्न समय लाग्छ। वर्तमानमा नयाँ बत्ती जड़ानको निम्ति सरकारी प्रक्रिया अगावै शुरू भइसकेको छ। नगरवासीको निम्ति नगरपालिकाले विभिन्न स्थानमा बिजुली बत्ती जड़ान संगै अन्य योजनाहरू पनि लिएर आएको छ। जनताले केही समयसो निम्ति प्रतीक्षा गर्न पर्छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन