एसआईआर अनि इन्टरलोक्युटर दुवै चुनावी प्रोपगन्डाः भोगोप्रमो

Share this news

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले वर्तमानमा चलिरहेको एसआईआर प्रक्रिया अनि केन्द्र सरकारद्वारा नियुक्त गरिएको इन्टरलोक्यूटर दुवै विषय चुनाव अघिको प्रोपगन्डा रहेको ठहर गरेको छ। खरसाङ्मा पत्रकारहरूसित बोल्दै, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले वर्तमानमा भारतको चुनाव आयोगद्वारा चलिरहेको एसआईआर प्रक्रिया बारे बोल्दै आरोपको साथमा जनाए अनुसार, भाजपा नेतृत्वमा रहेको केन्द्र सरकारले भारतको चुनाव आयोगलाई प्रयोग गरेर बिहार जस्तै बंगालमा पनि विधानसभा चुनाव अघि एसआईआर लागू गरेर चुनावको निम्ति प्रोपगन्डा तयार पारेको हो। यदि जनमानसको हितलाई नै ध्यानमा राखेर अथवा मतदाता सूचीलाई शुद्धीकरण गर्नको निम्ति नै कार्य गरिएको भए उक्त कार्य बिहार एवं बंगालको विधान सभाचुनाव अघि गर्ने थिएन। जुन प्रकारले बिहारमा चुनाव अघि एसआईआर प्रक्रिया लागू गरेर यसलाई प्रोपगन्डा बनाएर चुनाव भाजपा अनि गठबन्धन दलहरूले लड्यो अनि जित्यो, त्यही सोंच एवं लक्ष्य राखेर बंगालमा विधानसभा चुनाव अघि भाजपाले एउटा प्रोपगन्डाको रुपमा एसआईआर प्रक्रिया शुरू गरेको छ। प्रधानले थप जनाए अनुसार, एसआईआर प्रक्रिया अन्तर्गत सन्‌‍ 2002 को मतदाता सूचीलाई आधार बनाइएको छ। तर 2002 को मतदाता सूचीमा धेरै व्यक्तिको नाम अन्तर्भुक्त गरिएको छैन, जसले सन्‌‍ 2002 भन्दा अघि पनि भोट दिएका छन्‌‍। प्रधानले भने, पहाड़, तराई, डुवर्सका धेरै जस्ता युवाहरू वा साधरण ानिसहरू भारत देशको विभिन्न प्रान्त अनि शहरहरूमा रोजगारको निम्ति जाने गरेका छन्‌‍। विदेश पनि गएर काम गर्नेहरू पनि यहाँ धेरै छन्‌‍। यस्तो अवस्थामा यदि कुनै व्यक्ति सन्‌‍ 2002 मा वा अन्य कुनै वर्षको भोटमा यहाँ भोट हाल्न आएनन्‌‍ भने के तिनीहरू भारतीय होइनन्‌‍, तिनीहरू एकआईएरमा छिर्न सक्दैनन्‌‍? पहाड़को मतदाता सूचीमा रहेको कसैको नाम काटिनु हुँदैन। वर्तमानमा भाजपाले अनि भाजपाको सहयोगी दलहरूले धेरै ठाउँमा बंगलादेशी एवं नेपाली नागरिकहरू भारतमा पसेर भोटर कार्ड बनाएको कुरा गरिरहेका छन्‌‍। तर भाजपा शासित केन्द्र सरकारले बुझ्नु पर्छ कि केन्द्रको सुरक्षा बल बीएसएफ अनि एसएसबी सीमामा तैनात गरिएको छ। नेपालका नागरिकहरू भारत पसेको अनि मतदाता परिचय पत्र बनाएका छन्‌‍ भन्छ भने केन्द्र सरकारले किन्‌‍ सन्‌‍ 1950 सन्धिलाई संशोधन गरेर भारत अनि नेपाल आउ-जाउ गर्नको निम्ति पासपोर्ट सेवा शुरू गर्दैन? यसैले यी सबै विषय केवल एउटा प्रोपगन्डाको रूपमा चुनाव अघि प्रयोग भइरहेको प्रधानले बताए। प्रधानले आरोप लगाउदै थप जनाए अनुसार, कथित रुपमा गोर्खाको राजनीतिक समस्याको समाधानको निम्ति जुन इन्टरलोक्यूटरको नियुक्ति गरिएको छ, उक्त इन्टरलोक्यूटर पनि केवल चुनाव अघिको प्रोपागान्डा रहेको प्रधानले दावी गरेको छन्‌‍? । प्रधानले भने, एउटा युनिभर्सिटी नदिने भाजपा सरकारले के गोर्खाल्याण्ड वा अन्य कुनै गोर्खाको हितको व्यावस्था दिन्छ। एसआईआर अनि इन्टरलोक्यूटर, यी दुई विषयहरू एउटा प्रोपगन्डाको रूपमा प्रयोग गर्ने कार्य भइरहेको छ। राज्यमा एसआईआर प्रक्रिया अन्तर्गत तृणमूलको विरुद्धमा प्रोपगन्डा अनि पहाड़मा इन्टरलोक्यूटरको कुरा गरेर बीजीपीएमको विरुद्धमा चुनाव अघि विभिन्न दलहरूलाई एकजुट राख्नको निम्ति भाजपाको प्रोपगन्डा हो।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ