स्थानीयहरुको सुविधाको लागि घैयाबारी अस्पतालमा एकजना फार्मसिस्ट नियुक्त

Share this news

तीनधारे , (निसं): तीनधारे महानदी समष्टिको घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा चलिरहेको फार्मसिस्टको अभाव समाधान गरिएको छ। घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) मा फार्मसिस्टको अभावको कारणले स्थानीय मानिसहरुले धेरै समस्या भोगिरहेका थिए। स्थानीय मानिसहरूको समस्यालाई हेरेर अहिले यहाँ एकजना फार्मसिस्ट जीटीएको स्वास्थ्य विभागको तर्फबाट नियुक्त गरिएको जानकारी प्राप्त भएको छ। उक्त एकजना फार्मसिस्ट आजदेखि घैयाबारी अस्पतालमा नियुक्त भएर आएका छन्‌‍। उक्त फार्मसिस्टलाई अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान र अन्य पदाधिकारीहरु र घैयाबारी तीन ग्राम पञ्चायतको प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राई उपस्थित भएर स्वागत जनाइएको छ। अब उक्त फार्मसिस्टले घैयाबारी अस्पतालमा सेवा प्रदान गर्ने भएको छ। उक्त भेटघाटपछि पत्रकारहरुसित कुराकानी गर्दै विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको संयुक्त रुपमा स्थानीयहरुको असुविधालाई ध्यानमा राखेर पहल गरिएको बताएका छन्‌‍। उनले विद्यार्थी महासंघको तर्फबाट गत 5 अगस्तको दिन यस विषयमा जीटीएको प्रमुख कार्यपाल अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकलाई लिखित ज्ञापन दिएको बताउँदै यसरी समस्याको सामाधान गरिएकोमा जीटीए प्रमुख अनित थापा लगायत स्वास्थ्य विभाग, सभासद, घैयाबारी तीन ग्राम पञ्चायत लगायत सम्पूर्णलाई धन्यवाद दिएका छन्‌‍। उनले भने, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट गत 5 अगस्तको दिन दार्जीलिङ्को लालकोठी पुगेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र स्वास्थ्य विभागका कार्यकारी निर्देशक समक्ष ज्ञापन पत्र बुझाइएको थियो। ज्ञापन प्राप्त गरेपछि तत्काल एक्शन लिएर जीटीएको स्वास्थ्य विभागको तर्फबाट घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको नियुक्त गरिएको हो। यस कार्यबाट लिखित रुपमा पहल गरिए समस्याको समाधान हुने रहेछ भनेर बुझेका छौँ। उनले यस कार्यको लागि सबैलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ