गोर्खा जन पुस्तकालयका वरिष्ठ आजीवन सदस्य, जागृति परिवारका पूर्व उपाध्यक्ष तथा खरसाङ विश्वकर्मा समाजका प्रमुख सल्लाहकार दिलीपकुमार बराइलीको निधन

Share this news

खरसाङ: भएको छ। 16 मार्च 1954 मा डुवर्स, पत्थरझोड़ामा जन्मेका स्वर्गीय बराइलीको स्कूले जीवन पेदोङ सन्त जेवियर्स स्कूलमा बितेको थियो। सानैदेखि खेलकूदमा झुकाउ तथा चासो राख्ने बराइली आफ्नो समयका एक असल फुटबल खेलाडीको रूपमा चर्चित थिए। पछि कर्मचारी जीवनमा प्रवेश गरेपछि 80 को दशकमा उनी खरसाङ आए। यही उनले लक्ष्मी दियालीसँग घरजम बसाले अनि स्थायी रूपले उनले खरसाङलाई कर्मथलो बनाए। जागीरे जीवनमा उनी सेवानिवृत्ति पाउञ्जेल खण्ड युवा अधिकारीको रूपमा कार्यरत थिए। गोर्खा जन पुस्तकालयका आजीवन सदस्य रहेर उनले संस्थाको हरेक आवश्यक घड़ीमा एक समर्पित सदस्यको रूपमा सहयोगको निम्ति कम्मर कस्थे। उनीभित्र एक कलाकारमा हुने प्रतिभा पनि उत्तिकै रहेको कुरो खरसाङ्को सबैभन्दा पुरानो नाट्यसंस्था जागृति परिवारसँग पनि सलंग्न थिए। उनी यस संस्थाका मृत्युपर्यन्त उपाध्यक्ष पदमा आसिन थिए। सन्‌‍ 1925 मा खरसाङ विश्वकर्मा समाज नयाँ शताब्दी देख्नुभन्दा शिथिल अवस्थामा पुगिसकेको थियो। यति पुरानो समाज हुँदाहुँदै पनि यसको कुनै एक स्थायी घर वा ठेगाना थिएन। पछि 2005 मा किरणप्रसाद दर्नाल, कमल गजमेर , सन्तोषसिँह लकान्द्री तथा हेमन्त दर्नालको एउटा उर्जावान समूहमा यिनको प्रवष्टि भएपछि समाजले नितान्त नौलो रूप पाएको थियो। उनले समाजको अध्यक्ष पद सम्हालेका थिए। यसै क्रममा सचिव केपी दर्नालसँग मिलेर समाजका हरेक दैलोमा पुगेर उनले सदस्यहरूलाई जागारूक बनाए अनि आज एक समृद्ध समाज निर्माण गर्नुमा सक्षम बने।समाजप्रति उनको योगदानहरूको मूल्याङ्कन गर्दै दलित साहित्य अकादेमीले उनलाई सन्‌‍ 2014-मा बाबासाहेब डा. अम्बेडकर फेलोसिप राष्ट्रिय पुरस्कारले सम्मानित गरेको थियो। यस वर्ष अर्थात्‌‍ 2025 मा खरसाङ विश्वकर्मा समाजले सय वर्षको ऐतिहासिक माइलखुट्टी पार गरेको थियो अनि यस सुखद अवसरमा शताब्दी महोत्सवको भव्य तयारीमा रहेकै बेला समाजले अचानक गहिरो आघात सहनुपऱ्यो। बराइली केही समयदेखि स्वास्थ्य समस्याहरूसँग जुझिरहेका थिए। उनी सिलगढ़ीको एक निजी चिकित्सालयमा सघन उपचाराधीन थिए। उपचारको क्रममा बिहीवार उनको निधन भएको छ। उनले आफूपछि दुई छोरा, बुहारीहरू र नातागोताहरू छाड़ेर गएका छन्‌‍। यस दुःखद घड़ीमा समाजका वर्तमान अध्यक्ष निर्मलकुमार गहतराजको अगुवाइमा एउटा टोली उनको निवासस्थलमा पुगी शोकसन्तप्त परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गरियो। पछि उनको निवासस्थलकै छेउमा विश्वकर्मा समाज भवनमा उनको स्मरणमा मौन धारण गरी दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गरियो। निर्मलकुमार गहतराजको अध्यक्षतामा सम्पन्न यस शोक सभालाई समाजका प्रचार प्रसार सचिव तथा गोर्खा जन पुस्तकालयका मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने सभामा गोविन्दसिँह घतानी, केपी दर्नाल, श्यामकुमार लोहार, सुष्मा सिंह दर्नाल, विजयसिंह सिञ्चुरी तथा केएम सिलालले शोक व्यक्त गर्दै स्वर्गीय बराइलीले समाजलाई दिएका योगदानलाई सम्झँदै भावपूर्ण श्रद्धासुमन अर्पण गरे। यस शोक सभामा समाजका वरिष्ठ सदस्यहरू सचिव केशवसिंह घतानी, सबिता गजमेर, इन्द्रसिँह सिङ्गौरे, पुरोहित इन्द्र बराइली, कमलसिंह श्रीवाल, किशोर सिंह,श्याम सिञ्चुरी, उमेश सिंह, दिनेश दर्नाल आदि उपस्थित थिए। उनको निधनमा जागृति परिवारको तर्फबाट पनि श्रध्दाञ्जली अर्पण गरिएको छ। दिलीपकुमार बराइली जागृति परिवार खरसाङ्का पूर्व उप सभापति र सक्रिय सदस्य रहेका थिए। उनको निधनमा जागृति परिवारको पक्षमा सचिव प्रकाश प्रधानद्वारा गहिरो शोक प्रकट गरेका छन्‌‍। प्रधानले उनको निधनमा अपुरणी क्षति भएको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ