खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

Share this news

खरसाङ, 11 जुलाई (निसं):अ खरसाङ फुटबल एसोसिएशन अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशाशनको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 को छैटौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवार सम्पन्न पहिलो खेल प्रिमियर डिभियन अन्तर्गत केएफसी अनि आईटीआई टुङ एफए माझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले विपक्षको गोल पोष्टमा गोल गर्ने धेरै प्रयास गरेका थिए। लगतार प्रयासको फलस्वरुप केएफसीका खेलाड़ीहरूले 4 गोल गरे। विपक्षी दल आईटीआई टुङका खेलाड़ीहरूले आफ्नो लगतार प्रयासको फलस्वरुप 2 गोल गर्न सके। यस प्रकार यो खेल केएफसीले 2 गोलको विरुद्ध 4 गोलले जित्यो। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत घुम्ती एफसी अनि तीनधारे बोईजमाझ सम्पन्न भयो। यस खेलमा घुम्ती एफसी अनि तीनधारे बोईजका खेलाड़ीहरूको प्रदर्शन लगभग उस्ता-उस्तै देखियो। आफ्नो अग्र पंक्तिका खेलाड़ीहरूको लगतार विपक्षी दलको गोल पोष्टमा प्रहारको फलस्वरुप घुम्ती एफसीले तीन गोल गर्‍यो। तीनधारे बोईजका खेलाड़ीहरूले पनि विपक्षको गोल पोष्टमा गोल छिराउनको निम्ति समय-समयमा निकै राम्रो प्रयास गरेका थिए। लगतार प्रयासको फलस्वरुप तीनधारे बोईजका खेलाड़ीहरूले 2 गोल छिराए। यस प्रकार यो खेल घुम्ती एफसीले 2 गोलको विरुद्ध 3 गोलले जितेको छ। शुक्रवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेन गुरुङ, नितेश देवान, रेबिका प्रधान, केवान राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि प्रतीक प्रधान थिए। खरसाङ फुटबल क्लबका सचिव सुदीप राईले बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलले एक-अर्को सबै दलसित खेलिसकेपछि गोलको आधारमा जुन दलले सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै दलसित एक-अर्कामा भिड़न्त गरिसकेपछि जुन दुई दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनलका विजेता दल च्याम्पियन हुनेछ। टुर्नामेन्टका विजेता दलहरूलाई नगत राशिका साथै ट्रफी प्रदान गरिनेछ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ