खरसाङ वरिपरि क्षेत्रमा जंगली जानवरको भय

Share this news

खरसाङ , 3 जुलाई (निसं)ः खरसाङ वरिपरिका गाउँ-बस्तीहरूमा अहिले जंगली जानवरको चहल-पहलले मानिसहरू भयको स्थितिमा रहेका छन्। मानिसहरू अहिले रातिको समय एक्लै हिँड़न, राति बाहिर एक्लै निस्कन सकिरहेका छैनन्। केही दिन अघि खरसाङको कप्तान सुरज शर्मा पथको मुनि करबीया चिया बगानमा रहेको सेप्टी ट्याङ्कमाथि एउटा चितुवा बिहानको समयमा बसिरहेको देखिएको थियो। यसै स्थानको मुनि करबीया ठूलो पात्ले गाउँ रहेको छ। यस समय करबीया गाउँ क्षेत्रमा चितुवाको चहल-पहल बढ़ेकोले त्यहाँका मानिसहरू राति एक्लै हिँड़न, बाहिर निस्कँदा एक्लै निस्कनु डराउने गरेका छन्। करबीया चिया बगानको ठूलो पात्ले गाउँ निवासी उदय दुमीले भने, अहिले जंगली जानवरको कारण गाउँका मानिसहरू भयको स्थितिमा अनि समस्यामा छन्। गाउँ क्षेत्रमा चितुवा मात्र होइन अन्य जंगली जानवरको पनि चहल-पहल बढ़ेको छ। जसको कारण गाउँका मानिसहरू भयको स्थितिका साथै जंगली जानवरहरूबाट हुने विभिन्न समस्यासित जुझिरहेका छन्। यसरी नै सिंगेल चिया बगान क्षेत्र अनि यसैको माथि रहेको सन्त मेरिज क्षेत्रमा पनि चितुवा र अन्य जंगली जानवरको चहल-पहल बढ़ेकोले मानिसहरूमा भयको स्थिति रहेको छ। सिंगेल चिया बगानका मानिसहरू रातिको समय एक्लै हिँड़न छोड़ेका छन्। रातिको समयमा मोटर बाईक अथवा स्कुटीमा हिँड़न परे तापनि दुई-तीनवटा मोटर-बाईक स्कुटी संगै हिँड़ने गरेको त्यहाँका एक युवाले बताएका छन्। उक्त क्षेत्रमा कालो चितुवा देखिएकोले मानिसहरूमा भयको स्थिति रहेको तिनले बताएका छन्। यसरी नै खरसाङको बरबुङ, टेकबीर बस्ती, डाउहिल क्षेत्रमा पनि चितुवाको चहल-पहल रहेकोले मानिसहरू रातिको समयमा एक्लै-दुक्लै हिँड़न डराइरहेको, सतर्कता अपनाएर हिँड़ने गरेको थाहा लागेको छ। वर्तमानमा जंगल बढ़ेको, मानिसहरूले अहिले बारीमा खेती गर्न छोड़ेकाले घरको नजिकसम्म जंगल बढ़ेको अनि जंगली जानवरको संख्यामा पनि यस समय निकै वृद्धि भएकोले यी जानवरहरू जंगल क्षेत्रबाट आवशीय इलाकासम्म आइपुगेको बताइन्छ। खरसाङ वरिपरिको गाउँ-बस्ती क्षेत्रमा समय-समयमा जंगली जानवरको आक्रमणमा परेर मानिसहरू घाइते बनेको घटनाहरू पनि प्रकाशमा आउने गरेको छ। जंगली जानवरहरूसित बाँच्ने जंगली जानवरहरूसित दुरी बनाउने उपाय नै वर्तमानको निम्ति उपयुक्त विकल्प देखिएको छ। यसको निम्ति सचेतना मूलक कार्यक्रमहरूको आयोजना गर्न पर्ने वर्तमानको आवश्यकता देखिएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन