खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीद्वारा पोष्टरिङ साथै ज्ञापन

Share this news

खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारमा पोष्टरिङ गर्नुको साथै खरसाङ महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ। विगत 2017 मा चुनाव भएपछि 2022 मा चुनाव हुनु पर्ने तर विगत तीन वर्षदेखि खरसाङ नगरपालिकामा चुनाव नभएको भन्दै झट्टै चुनाव गराउनु पर्ने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यसको साथै भारतीय जनता पार्टीको तर्फबाट खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा खरसाङ महकुमा शासकमार्फत् दार्जीलिङ जिल्ला शासकलाई ज्ञापन पत्र बुझाइएको छ। उक्त पोष्टरिङ र ज्ञापन पत्र बुझाउने टोलीमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टि संयोजक आरबी लामा, भाजपा युवा शक्तिका जिल्ला सचिव बिनय प्रसाद, दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एंव खरसाङ गिध्द पहाड मण्डल सभापति दिक्षा तामाङ लगायत अन्यहरु सामेल रहेका थिए। भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ र ज्ञापन पत्रमार्फत खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला सचिव सोनाम लामा र युवा मोर्चा दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले खरसाङ नगरपालिकाको चुनाव 2022 मा नै हुनु पर्ने तर अहिलेसम्म नभएको भन्दै झट्टै चुनाव गराउने अनुरोध गरेका छन्। दुवैले उच्च न्यायलयले चुनाव गराउने निर्देशन दिए पनि अहिलेसम्म चुनाव नभएको कारणले धेरै समस्या हुने भएकोले झट्टै चुनाव गराउने अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ