खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

Share this news

खरसाङ, (निसं): खरसाङ एडभोकेट एसोसिएशनद्वारा सोमवार यहाँको टुरिष्ट लजमा एक विदाई एवम्‌‍ स्वागत कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा विशेषगरी खरसाङ अदालतका एडिसनल डिस्ट्रिक्ट सेसन जर्ज तथा स्पेशल जर्ज अफ पोक्सो सुदीप मेहोत्राले आफ्नो कार्यकालबाट अवकाश ग्रहण गरेको हुँदा उनलाई विदाई जनाउन तथा नयाँ जर्ज अभिषेक मुखर्जीलाई स्वागत जनाइयो। तिनीहरूलाई कार्यक्रममा उपस्थित सबै अधिवक्ताहरूले खदा लगाएर तथा उपहारहरू प्रदान गरेर सम्मान जनाए भने अधिवक्ता सपना राईले नेपाली टोपी लगाइदिएर अनि उपहार प्रदान गरेर सम्मान जनाइन्‌‍ तथा अधिवक्ता रमेश अग्रवालले पनि उपहार प्रदान गरे। यसै अवधि विदाई जर्ज महोत्राको बाहुलीबाट केक्‌‍ पनि काटियो। अधिवक्ता प्रज्जवल लोप्चनले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा खरसाङ एडभोकेट एसोसिएसनका सभापति रमेश अग्रवालले जर्ज सुदीप मेहोत्राको परिचय राख्दै उनीजस्तो मिलनसार, कर्तव्यनिष्ठ तथा समयको महत्वलाई ध्यान दिने जर्ज आजसम्म खरसाङ्मा नआएको जनाए। तिनले जर्ज मेहोत्राको कार्यकालमा धेरै महत्वपूर्ण तथा सम्वेदनशील मुद्दाहरूको पनि सजिलैसित छिनोफानो भएको जनाए। खरसाङले उनको योगदानलाई कहिले नभूल्ने पनि बताए। त्यसरीनै अग्रवालले नयाँ आएका जर्जलाई पनि स्वागत जनाउँदै खरसाङ्का अधिवक्ताहरूले सदैव सहयोग गर्ने वचन दिए। कार्यक्रममा धन्यवाद ज्ञापन अधिवक्ता पवन थापाले राखेका थिए। कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न अधिवक्ता अमन थापाले सुन्दर गीत प्रस्तुत गरे भने समारोहलाई वरिष्ठ अधिवक्ता तरङ्ग पण्डितले पनि सम्बोधन गरेका थिए। तिनले पनि जर्ज महोत्राको कार्य दक्षताको प्रशंसा गर्दै उनको अवकाश ग्रहणपछिको जीवन सुखमय रहोस्‌‍? भनी कामना गरे। कार्यक्रमलाई सम्बोधन गर्दै जर्ज मसोत्राले खरसाङ्मा आफू जतिञ्जेल रहे त्यतिञ्जेल सबैको साथ र सहयोग पाएको जनाउँदै यसको निम्ति सबैलाई धन्यवाद दिए। तिनले सबैको उज्ज्वल भविष्यको पनि कामना गरे।


Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम