खरसाङ्मा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

Share this news

खरसाङ, (निसं): खरसाङ महकुमा अस्पतालमा सोमबार क्षयरोगमुक्त अभियानलाई लिएर सचेतना कार्यक्रम साथै क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। भारत सरकार र पश्चिम बंगाल सरकारबाट क्षयरोगमुक्त अभियान घोषणा गरिएपछि इण्डियन रेड क्रस सोसाइटी, खरसाङ महकुमा अस्पतालको टीबी युनिट बसेर यस अभियानलाई अघि बढ़ाउने सोच भएपछि खरसाङ महकुमा शासकको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको बताइएको छ। उक्त कार्यक्रम इण्डियन रेड क्रस सोसाइटीको आयोजना तथा खरसाङ व्यवसायी संगठन, इण्डियन रेड क्रस सोसाइटी, सन्त अल्फन्सेस 1986 को ब्याज र डेपुटी म्याजिस्टेटको रामकृष्ण मिशनका 1998 ब्याजले सहयोग गरेका बताइएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानले सम्बोधन गरेका थिए। यस कार्यक्रमलाई इण्डियन रेड क्रस सोसाइटीका सचिव विजय सेञ्चुरीले सञ्चालन गरेका थिए। कार्यक्रममा क्षयरोग विषयमा सुपर भाइजर राजु शर्माले विस्तृत जानकारी गराएका थिए। उनले खरसाङ नगरपालिका क्षेत्रमा हालमा 16 जना र खरसाङ खण्ड क्षेत्रमा जम्मा 89 जना क्षयरोगका बिमारीहरु रहेको र खरसाङ्को टीबी सेनिटोरियममा जम्मा 18 जना उपचाराधीन अवस्थामा रहेका बताएका छन्‌‍। यसै कार्यक्रममा खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्ड क्षेत्रका क्षयरोगका 36 जना बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ। ती सबै बिमारीहरुलाई उनीहरुले आगामी 6 महिनासम्म फलोअप गर्ने भएको पनि जानकारी प्राप्त भएको छ। सरकारले 2030 सम्म क्षयरोगलाई पूर्ण रुपमा उन्मूलन पारेर लाने अभियान चलाइरहेको र यसै अभियानलाई साथ दिएर कार्य गरिने भएको पनि जानकारी प्राप्त भएको छ। यस क्षयरोगमुक्त अभियान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन रेड क्रस सोसाइटी खरसाङ्का सचिव विजय सेञ्चुरीले क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्न साथै भारत सरकार र पश्चिम बंगाल सरकारको क्षयरोगमुक्त अभियान अन्तर्गत खरसाङ्मा कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यसको लागि खरसाङ महकुमा अस्पतालको टीबी युनिट, इण्डियन रेड क्रस सोसाइटी, खरसाङ व्यवसायी संगठन, खरसाङ फार्मेसी संगठन, सन्त अल्फन्सेस विद्यालयका 1986 साल ब्याज साथै मिडियालाई पनि लिएर कार्य गरिने भएको जानकारी गराएका छन्‌‍। सेञ्चुरीले पहिलाको तुलनामा अहिले क्षयरोगको बिमारीहरु कम हुँदै गएको र सरकारले पनि धेरै पहलहरु गरिरहेको र यसमा बिमारीहरु पनि सचेत हुनु पर्ने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ