उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

Share this news

खरसाङ, 3 जुलाई (हनोक): पश्‍चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको बिहीवार उद्घाटन गरिएको छ। पश्‍चिम बंगाल सरकारको पश्‍चिम बंग सोसाइटी फर कौशल विकास विभाग, तक्निकी शिक्षा तालिम अनि कौशल विकास विभागको तर्फबाट खरसाङमा चलिरहेको 12 वटा विभिन्न कौशल विकास तालिमहरुसितै बिहीवार नयाँ तीनवटा तालिमहरु पनि शुरु गरिएको छ। तीनवटा नयाँ तालिमहरुमा लुगा उत्पादन तालिम, उद्यमशीलता विकास तालिम र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम रहेको छ। उक्त कौशल विकास तालिम कार्यक्रमको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आईएएस डा. प्रिति गोयलले धूप-द्वीप प्रज्वलन गरेर गरेका छन्। खरसाङको डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमलाई विश्‍व सुब्बाले सञ्चालन गरेका थिए भने स्वागत भाषण खरसाङ महकुमा शासक आईएएस बिन्दवासिनी तेजा दिपकले राखेका थिए। उनले आफ्नो सम्बोधनमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको उद्घाटन गरिएको र यसबाट युवाहरुले तालिम लिएर रोजगारको प्राप्त गर्ने बताएका छन्। उनले तीनवटा नयाँ तालिमहरुको उदघाटन गरिएको जसमा लुगा उत्पादन तालिम, उद्यमशीलता विकास तालिम र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम रहेको पनि बताएका छन्। कार्यक्रममा डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई जीटीए प्रमुख अनित थापाले सम्बोधन गर्दै भने, सरकारले युवाहरुलाई रोजगारी प्रदान गर्नलाई विभिन्न निःशुल्क तालिमहरु सञ्चालन गरेको र यसबाट सबैले लाभ उठाउनुपर्छ र केही सिकेर स्वरोजगारी हुनुपर्छ। यस तालिमहरुको माध्यमबाट केही सिक्नुपर्छ। यसलाई सिरियसली लिनुपर्छ। यहाँबाट केही सिकेर जानुहोस्। जीटीए प्रमुख अनित थापाले अघि भने, सरकारले युवाहरुले केही सिकोस् र रोजगार पायोस् भनेर नै यस्ता तालिमहरु सञ्चालन गरेको हो।’कार्यक्रममा दार्जिलिङ पोलिटिक्स कलेज खरसाङकी प्राचार्य दिपा प्रधान, टफिक मुस्ताफा लगायत अन्यहरुले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा जिल्ला शासक आईएएस डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट प्रमाण पत्रहरु वितरण गरिएको छ। यस कार्यक्रममा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दवासिनी तेजा दिपकले खरसाङमा पश्‍चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत कौशल विकास तालिमको 12 वटा तालिमहरु सञ्चालन भईरहेको र आज 3 वटा नयाँ तालिमहरु सञ्चालन शुरु गरिएको जानकारी गराएका छन्। उनले यस कौशल विकास तालिमको उदघाटन कार्यक्रममा उपस्थित जिल्ला शासक आईएएस डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत