इजरायलमा सत्संग कार्यक्रम सम्पन्न

Share this news

रोजगारको निम्ति भारत र नेपालका विभिन्न प्रान्तहरूबाट इजरायल पुगेका मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजका शिष्यहरुले 12 जुलाईको दिन इजरायलको तेलभिभ शहरमा स्थित मानव धर्मको कार्यालयमा गुरु पूजा पर्व तथा गुरु पूर्णिमालाई केन्द्र गरेर एक दिवसीय सत्संग कार्यक्रम सम्पन्न गरेका थिए। इजरायलका विभिन्न ठाउँहरूमा कार्यरत रहेका गुरुभक्त प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। इजरायलमा रहेर पनि आफ्ना सदगुरुदेव श्री सतपालजी महाराजप्रति श्रद्धा अर्पण गर्न गुरु पूजालाई केन्द्र गरेर गरिएको उक्त सत्संग कार्यक्रमलाई सामाजिक सञ्जालको जुम प्लेटफर्म मार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। जुम प्लेटफर्ममा जोड़िएर मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सिलगढ़ीकी प्रभारी महात्मा दीपिका बाइजीले पनि सत्संग समारोहलाई सम्बोधन गर्दै यसरी रोजगारको निम्ति विश्वका विभिन्न ठाउँहरूमा पुगेका श्री महाराजजीका शिष्यहरुले गुरुपूजाको केही अघि अथवा केही पछि गुरु पूजालाई केन्द्र गरेर आफ्ना सदगुरूप्रति श्रद्धा भाव अर्पण गर्न गरिएको सत्संग कार्यक्रम साँच्चै गुरुभक्तिको एउटा उल्लेखनीय उदाहरण बताउँदै यस्ता कार्यहरूले शिष्यहरूलाई आफ्ना गुरुबाट सदैव प्रेरणा र आशीर्वाद मिल्नेछ भन्दै सत्संगको सारगर्भित प्रवचनहरू राखेकी थिए। उक्त सत्संग कार्यक्रममा कुसुम भट्टराईको बाहुलीवाट गुरु महाराजको तस्वीर अघि दीप प्रज्वलन एवम्‌‍ माल्यअर्पण गरी कार्यक्रमको आरम्भ गरिएको थियो। नम्रता राईद्वारा सञ्चालित उक्त कार्यक्रममा भजन गायक कलाकारहरूले भक्ति एवं वैराग्यमा आधारित भजनहरू प्रस्तुत गरेका थिए भने सन्ध्या शर्माले सतपालजी महाराजले जन-जनमा अध्यात्मिक साथै भौतिक उत्थानका निम्ति गरिरहेका कार्यहरू बारेमा जानकारी दिँदै मानव उत्थान सेवा समितिको लक्ष्य एवं उद्देश्य बारेमा पनि प्रकाश पारेकी थिए। इजरायलका विभिन्न स्थानहरूमा कार्यरत मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजका शिष्यहरूको उपस्थिति रहेको साथै जुम प्लेटफर्म मार्फत पनि देश-विदेशका विभिन्न प्रान्तहरूबाट धेरै भक्तजनको सहभागी रहेका य़िए। उक्त सत्संग कार्यक्रममा गुरु महिमाको प्रशंसा, हाम्रो जीवनमा सत्संगको आवश्यकता भक्तहरूको उद्धारको लागि गुरु महाराजजीको त्याग अनि तपस्या साथै मानव जीवनमा गुरुको मार्गदर्शन बारेमा शिखा विश्वले पनि आफ्ना विचारहरू राखेकी थिइन्‌‍। आफूहरू विदेशको भूमिमा रहेर पनि गुरू महाराजजीको प्रेरणा साथै असीम कृपाद्वारा संगठित भएर सकारात्मक वातावरणमा सुरक्षित साथै आनन्दित रहन सकेकोमा सबैले गुरु महाराजजीप्रति कृतज्ञता प्रकट गरेका तिनले बताइन्‌‍। कार्यक्रमको अन्तमा आफ्नो विचारलाई अघि बढाउँदै महात्मा दीपिका बाइजीले ‌’ गुरू गोविन्द दो खडे, काको लगी पाऊ, वलिहारी गुरु अपने गोविन्द दियो लखाई भन्ने दोहालाई स्पष्ट पार्दै गुरु र ईश्वर एक साथमा रहे प्रथम गुरु पुज्यनीय हुन्छ किनभने गुरु मार्फत नै हामीलाई ईश्वर अथवा आत्मा साक्षात्कार हुन्छ अनि आत्मा साक्षात्कार आत्मा ज्ञान बिना सम्भव छैन। जुन आत्माज्ञान समयका सदगुरुले मात्र प्रदान गर्नेछन्‌‍ भन्ने कुरो तिनले सम्झाइन्‌‍ भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ