राज्य सरकारको प्रकल्प आमादेर पाड़ा, आमादेर समाधान आगामी 7 अगस्तदेखि खरसाङमा

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पहलमा राज्य भरिनै जनमानस संगै गाउँ समाजलाई सशक्त बनाउन साथै स्थानीयहरूको सहभागितामा गाउँ-घरको विभिन्न समस्यालाई समाधान गर्ने उद्देश्यले राज्य सरकारले एउटा नयाँ योजना आमादेर पाड़ा, आमादेर समाधान (हाम्रो गाउँ, हाम्रो समाधान) योजना शुरू गरेको छ। उक्त योजना अन्तर्गत राज्यको प्रत्येक बुथलाई 10 लाख रुपियाँको बजेट आवन्टन गरिने भएको छ । उक्त राशिले सम्बन्धित बूथका नागरिकहरूले आफ्नो क्षेत्रको आवश्यकता वा विभिन्न सामाजिक कार्य अथवा समस्याहरू आफैले छनौट गरेर कार्यन्वयन सुनिश्चित गर्न सक्नेछन्‌‍। खरसाङ महकुमा अनि खरसाङ सूचना एवं संस्कृति विभागबाट प्राप्त जानकारी अनुसार, उक्त योजना देशको सबैभन्दा ठूलो जन सहभागी बजेटहरू मध्ये एक मानिएको छ। उक्त योजनालाई लिएर श्रृखलावद्ध शिविरहरूको आयोजन हुनेछ । उक्त शिविरमा द्वारे सरकारको पनि हेल्प डेस्क राखिने छ, भनी जानकारी पाइएको छ। खरसाङ्मा खरसाङ नगरपालिका अन्तर्गत सन्त जोसेफ प्राथमिक पाठशालामा आगामी 16 अगस्तमा बूथ संख्या 187 र 188 वार्ड नम्बर 2 अनि 3 को निम्ति शिविर राखिने छ भने आगामी 7 अगस्तमा त्रिशुली संघमा बूथ नम्बर 189, 190, 191 वार्ड नम्बर 4 अनि 5 को निम्ति शिविर राखिने छ। त्यसरी नै आगामी 19 अगस्तमा स्नो भ्यू स्काउट्स भवनमा बूथ संख्या 210, 211, 212, 213 वार्ड नम्बर 19, 14, 20 को निम्ति शिविर रहने छ । 23 अगस्तमा मन्टभियट रोडको गडविन मोर्डन स्कूलमा बूथ संख्या 192, 193, 197 वार्ड नम्बर 9, 10 को निम्ति शिविर चयन गरिएको छ। यसैगरी 25 अगस्त पार्क लोकेशनको सार्वजनिक भवनमा बूथ संख्या 194, 195, 196 वार्ड नम्बर 11, 13 को निम्ति, 29 अगस्तको दिन गोर्खा जनपुस्तकालय भवनमा बूथ संख्या 198, 199 वार्ड नम्बर 12, 15 को निम्ति, 2 सेप्टेम्बर सुबेदार बस्ती ग्राम सुधार समिति हलमा बूथ संख्या 208 वार्ड नम्बर 16, 4 सेप्टेम्बर स्थानीय सार्वजनिक भवनमा वार्ड नम्बर 8 बूथ संख्या 200, 201, 6 सेप्टेम्बर राज राजेश्वरी हलमा बूथ संख्या 202, 203, 204 वार्ड नम्बर 7, 8, एवं 13 सेप्टेम्बर डीएफओ कार्यालय बूथ संख्या 205, वार्ड नम्बर 1, 11 सेप्टेम्बरको दिन नयाँ बजार सार्वजनिक भवन, बूथ संख्या 206, 207, 209 वार्ड नम्बर 17 को निम्ति चयन गरिएको छ। उक्त योजना अन्तर्गत जल निकासी. जल आपूर्ति, स्ट्रीट लाइट, सामुदायिक शौचालय, आईसीडीएस केन्द्रको विकास, प्राथमिक विद्यालयको विकास, तालाब अनि जल निकाय, फोहोर-मैला प्रबन्धन, सार्वजनिक स्थानको विकास, बाज़ारको विकास, ़सांस्कृतिक वा सामाजिक अवसंरचनाको विकास, सार्वजनिक परिवहन वा सुगमता, हरित अवसंरचना, विद्युत कार्य, सड़क साथै अन्यन्या कार्य गर्न सकिनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ