असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को असीत राई साहित्यिक मञ्चले कवि एवं साहित्यकार विकाभएको छ। शनिवार खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको एक सभामा यो निर्णय लिइएको हो। यस सभामा विगत सभाका पारित गरिएका प्रस्तावहरूलाई अध्यक्षद्वारा अनुमोदन गरिएको थियो भने मञ्चद्वारा सम्पन्न गरिएका कार्यक्रम अनि आगामी दिनमा आयोजना गरिने कार्यक्रमको बारेमा चर्चा गरियो। चर्चापछि सबैको सहमतिमा आगामी 9 अगस्तको दिन कवि एवं साहित्यकार विकास गोतामे स्मरण दिवस पालन गर्ने सर्वसम्मति भयो। सभामा आफ्नो वक्तव्य राख्दै मञ्चका अध्यक्ष ऋषि राईले भने, हामीले असीत राई साहित्यिक मञ्चको गठन गरेपछि ओझेलमा परेका अथवा पर्न लागेका कवि, साहित्यकार, लेखक, समाज सेवाकहरूलाई जनमानसको स्मरणमा ल्याउने कार्य गरिरहेका छौँ। नेपाली साहित्यका प्रथम अनि एक मात्र फेलो सदस्य असीत राई बितेर गएपछि तिनको साहित्यप्रतिको योगदान ओझेलमा पर्न लागेको हामीले अनुभव गरेपछि यो मञ्चको स्थापना गरेर हामीले जनमानसलाई असीत राईको स्मरण गरायौँ। हामीले असीत राई स्मृति ग्रन्थ (स्मृतिमा असीत राई) प्रकाशन गरेर तिनलाई अमर तुल्याउन सकेका छौँ भन्ने हामीलाई लाग्छ अनि यस कार्यको निम्ति असीत राई साहित्यिक मञ्चले गर्व पनि अनुभव गरेको छ। यस्तै एक कवि हरिभक्त कटुवालको जन्म जयन्ती पालन गरेर एक प्रखर कविलाई ओझेलमा पर्नदेखि जोगाउने कार्य गरिरहेका छौँ। यस्ता धेरै कवि, साहित्यकारहरू छन्‌‍ जसले नेपाली साहित्यलाई ठूलो योगदान दिएका छन्‌‍ तर ती कवि, साहित्यकारहरू ओझेलमा पर्न लागेका छन्‌‍ अथवा ओझेलमा परेका छन्‌‍। ती मध्ये विकास गोतामे एक हुन्‌‍, विकास गोतामेको कविताहरू पढ़दा आज पनि हामीलाई जोश-जाँगर पलाउँछ। तिनले जातीय जागरणका कविताहरू लेखेका छन्‌‍। हामीले विकास गोतामेलाई जनमानसको स्मरणमा ल्याउनको निम्ति आगामी 9 अगस्तको दिन विकास गोतामे स्मरण दिवस पालन गर्ने निर्णय गरेका हौँ। सचिव दीपक ठटालले भने, विकास गोतामेको जन्म दिन 28 जुलाई हो। हामीले विकास गोतामेको जन्म जयन्ती पालन गर्ने विचार गरेका थियौँ तर हामीसित समय छोटो रह्यो। 28 जुलाईको दिन कार्यक्रमको आयोजना गर्न हामी समर्थ भएनौँ, यसैले आगामी 9 अगस्तको दिन विकास गोतामे स्मरण दिवस मनाउने निर्णय लिएका छौँ। विकास गोतामे स्मरण दिवस कार्यक्रमको दिन मङ्पूका साहित्यकार कृष्ण गिरीलाई सम्बर्द्धना जनाउने पनि सभामा निर्णय गरियो। सभामा स्मरण दिवस कार्यक्रमको रुपरेखा पनि तयार गरियो। यसको अतिरिक्त सभामा मञ्चका उपाध्यक्ष देवराज मुखिया अनि सहसचिव दिलु थापाको अस्वस्थ्यको कारण साहित्य प्रकरणको दायित्व युवा कविद्वय सम्भू राई अनि रचिता छेत्रीलाई प्रदान गरियो। सभामा रचना राई अनाकारले कवि विकास गोतामेलाई एक क्रान्तिकारी र जनवादी कवि बताउदै नेपाली भाषीहरूमा क्रान्तिको बीज छर्ने यस्ता कविलाई ओझेलमा पर्न दिनु नहुने बताइन्‌‍। सभामा सम्भू राई, रचिता छेत्री, उदय दुमी, उमेद गोलेले पनि आ-आफ्नो मत राखेका थिए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन