अब गोर्खे हाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने छ: दिपेन ठकुरी

Share this news

दार्जीलिङ,30 जुन(निसं): धेरै महिनादेखि सञ्चालनमा आइरहेको दार्जीलिङ शहरबीचको गुन्द्री बजार तथा गोर्खेहाट अब गोर्खे हाट समूह एनजीओ-ले सञ्चालन नगरेर दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ। अब चाँडै दार्जीलिङ नगरपालिकाले गोर्खे हाट तथा गुन्द्री बजारका व्यापारीहरुसित संलग्न रहदै सञ्चालन समिति बनाएर प्रत्येक प्रत्येक बिहिबारको दिन यसरी नै गोर्खे हाट लाग्ने तथा सञ्चालन हुने दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी गराएका छन्। आज बिहिबार दार्जीलिङ शहरबीच एमपी रोड अनि ओरियन्ट  क्षेत्र सम्मको गोर्खे हाटबारे दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले पत्रकार सम्बोधन गर्दै भने, दार्जीलिङ शहरबीचको यो गोर्खे  महाट सञ्चालनमा जनगुनासो आएकोले अब उसो यो गोर्खेहाट दार्जीलिङ नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ। यो गोर्खे हाट भएको क्षेत्र दार्जीलिङ नगरपालिका अधिनस्थ पर्दछ त्यसैले यस सञ्चालन भइरहेको गोर्खे हाटलाई सुचारु रुपमा सञ्चालन गर्न नगरपालिकाले पूर्ण जिम्मेवारी साथै असल व्यवस्था गर्ने छ। उनले भने, आजसम्म सञ्चालन भइरहेको गोर्खे हाटका पसलेहरूले नै उक्त गोर्खे हाटमा पसल लगाउन सक्नेछन्, उनीहरूको पुरानो गोर्खे हाट समूह एनजीओले दिएको आइडेन्टी कार्ड रद्द गरिनेछ अनि नगरपालिकाद्वारा नयाँ आइडेन्टि कार्ड उनीहरुलाई प्रदान गरिनेछ। यस प्रकारको जानकारी दिँदै दार्जीलिङ नगरपालिकाले गोर्खे हाट सञ्चालन गर्ने पहिलेको कमिटी गोर्खेहाट समूह एनजिओ-लाई पत्र पनि पठाइसकेको छ। उनले भने गोर्खे हाटमा रहेका पसलेहरूबाट मासिक दुई सय रुपियाँ उठाउने गरिन्थ्यो अब दार्जीलिङ नगरपालिकाले  निःशुल्क दोकानहरू राख्न दिइने सोचेका छौं। उनले अझ भने, यो निर्णय नगरपालिका बोर्ड-को हो नगरपालिका अध्यक्षलाई जसले पनि टीकाटिप्पणी गरे वा गरिरहेका छन् उनीहरूलाई मबाट धन्यवाद छ। अब गोर्खे हाट नयाँ कमिटी गठन हुँदा नगरपालिका क्षेत्रको 32 वटा वार्डहरुबाट एक-एक जना प्रतिनिधि सामेल गर्नेछौं। साथै गाउँ-बस्ती र चियाबारी क्षेत्रबाट पनि एक-एक जना प्रतिनिधि सामेल गराएर नयाँ सञ्चालन समिति गठन गर्नेछौं। उनले भने, गोर्खे हाट वा गुन्द्रीबजार दार्जीलिङ पहाडको एउटा गौरव नै हो। यो यथावत रहनेछ। सधैं सञ्चालन हुनेछ। स्मरण रहोस् आज दार्जीलिङ नगरपालिकाले गोर्खे हाटमा रहेका सबै दोकानीहरूलाई आज निःशुल्क पोलेथिन पाल प्रदान गरे साथै दोकानेहरुले प्रयोग गर्ने टेबल 60 रुपैयाँ दिनुपर्थियो, तर अब टेबलको किराया केवल 20 रुपियाँ मात्र दिनुपर्ने  दोकानेहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ