सुखानीमा फेला पर्‍यो नयाँ प्रजातिको बैजनी कोइली चरा

Share this news

चितवन — नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेका छन् । नेपाल पन्छीविद् संघले बुधबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी दिएको छ ।

गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो ।

गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । बिहान ११ बजेतिर देखा परेको उक्त चरा ‘भ्वाइलेट कुक्कु’ भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरुले आफूले खिचेको चराका फोटो र भिडियो चैत २८ मा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

रेकर्ड कमिटीले स्वदेशी विदेशी चराविज्ञहरुको राय लिएर उक्त चरा नेपालका लागि नयाँ भएको पत्ता लगाएको कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले जनाएका छन् । अंग्रेजी नाम भ्याइलेट कुक्कु रहेको सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो । योसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९९ पुगेको डा.सुवेदीको भनाइ छ ।

कुकुलिफर्म्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा नै पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ । विश्वमा यो चराका दुई उपप्रजाति सी. एक्स. साइन्थोरिङ्कस र सी. एक्स. एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी. एक्स. साइन्थोरिङ्कस भएको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ