सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः दार्जीलिङ्का भएको छ। 88 वर्षीय पूर्णकला विष्टको निधन शनिवार भएको हो भनी सांसद विष्टले जनाएका छन्‌‍। सांसद विष्टले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज हाम्रो पूज्यनीय अनि अति प्यारी 88 वर्षीय हजुर आमा (बोज्यू), पूर्णकला विष्टको स्वर्गवास भएको खबर दुःखको साथमा साझ गरिरहेको छु। उनले एक उल्लेख योग्य जीवन व्यतित गरिन्‌‍, उनले हामीलाई अगाध माया, ज्ञान प्रदान गर्दै हाम्रो देखभाल गरिन्‌‍। उनी हाम्रो घरको आत्मा, सबै थोक थिइन्‌‍। उनले हामी सबै परिवारलाई एक सूत्रमा बाँधेर राखेकी थिइन्‌‍। उनले हाम्रो जीवनमा प्रदान गरेकी संस्कार, ज्ञान र शिक्षाले हाम्रो मार्गदर्शन गरेको छ। विष्टले आफ्नो बोज्यूको बारेमा अघि भनेका छन्‌‍, हाम्रा हजुर आमा दयालु, मिलनसार कुनै पनि व्यक्तिको आँखामा नबिझाउने स्वाभावकी थिइन्‌‍। उनको देहान्तले अवश्यै हामी अति दुःखित बनेका छौँ तर उनले शान्ति प्राप्त गरेको सम्झेर सान्तवना पाइरहेका छौँ। यस दुःखद घड़ीमा हामी सबै शुभचिन्तक, आफन्तजन अनि इष्टमित्रबाट हजुर आमाको आत्म शान्तिको निम्ति प्रार्थना गरिदिने अनि उनको अन्तिम बिदाईमा एक साथ रहिदिने निवेदन गर्दर्छौँ। सांसद विष्टले आफ्नो बोज्यूको निधन पैतृक घर मणिपूरमा भएको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ