प्राथमिक-शिक्षक-शिक्षिकाहररूको सर्विस बुक डे पालन

Share this news

खरसाङ , (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत रहेका प्राथमिक शिक्षक-शिक्षिकाहरुको लागि आज सर्विस बुक डे पालन गरिएको छ। खरसाङ्को गिध्द पहाड़ क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानको विशेष उपस्थितिमा प्राथमिक शिक्षक-शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको हो। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको 13 वटै सर्कलका शिक्षक-शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको हो। यस अवसरमा प्राथमिक शिक्षक-शिक्षिकाहरुले आफ्नो-आफ्नेो सर्भिस बुक हेरेर सही गर्नुको साथै आफ्ने विवरण लिनको साथै विस्तृत जानकारी पनि संकलन गरेका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानले 2022 मा जीटीए आएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक-शिक्षिकाहरुको विभिन्न समस्याहरु समाधान हेतु सर्विस बुक डे पालन गर्दै सबै कागज पत्रहरु तयार पार्ने कार्य गरिएको र सबैले आफ्नो सर्विस बुक हेरेर सही गरेको बताए। उनले विगत तीन वर्षदेखि प्राथमिक शिक्षक-शिक्षिकाहरुको सर्विस बुक अपटुडेट भईरहेको जानकारी गराएका छन्‌‍। राजेस चौहानले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक-शिक्षिकाहरु र शिक्षाविदहरुलाई लिएर प्राथमिक शिक्षक-शिक्षिकाहरुको कागजपत्रहरु अपडेट गर्ने कार्य 2022 पछि गरिएको छ। विगत तीन वर्षदेखि यता प्राथमिक शिक्षक -शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ। शिक्षक शिक्षिकाहरुले वर्षभरि नानीहरूको भविष्य निर्माणको लागि कार्य गर्छन्‌‍ अनि समाज बनाउन ठूलो योगदान दिईरहेका छन्‌‍। यो एक दिन शिक्षक-शिक्षिकाहरुको कागज पत्रहरु सठीक गर्ने दिन हो। यस दिन सबैले कागज पत्रहरु सठीक गरेर कसकोमा कति छ सबै बुझ्ने गर्छन्‌‍। जुन विगत तीन वर्षदेखि यता सठीक रुपमा चलिरहेको छ। तर तीन वर्ष अघि यस्तो थिएन। प्राथमिक शिक्षक-शिक्षिकाहरुको विभिन्न समस्याहरु विषयमा हामीले विगत तीन वर्षदेखि लगातार रुपमा कार्य गर्दै आईरहेका छौँ।


Share this news
आजको रोजाइ
खरसाङको दोकान डाँडामा एउटा घर जलेर भष्म

खरसाङको दोकान डाँडामा एउटा घर जलेर भष्म

सिक्किमकी अनामिका गुरुङलाई राष्ट्रपति भवनको निम्तो

सिक्किमकी अनामिका गुरुङलाई राष्ट्रपति भवनको निम्तो

“गोर्खाल्याण्ड” नभएसम्म गोर्खा बिरोधीहरुको दृष्टिकोण

“गोर्खाल्याण्ड” नभएसम्म गोर्खा बिरोधीहरुको दृष्टिकोण

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

अभागोवि महासंघद्वारा जीटीए प्रमुखलाई ज्ञापन

सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

विभिन्न समस्यालाई लिएर विद्यार्थी महासंघद्वारा जीटीए प्रमुख अनित थापालाई ज्ञापन पत्र

विभिन्न समस्यालाई लिएर विद्यार्थी महासंघद्वारा जीटीए प्रमुख अनित थापालाई ज्ञापन पत्र

रिङहिम नामपटमा पूर्व-टेन्डोङ ल्हो रम्फट समारोह

रिङहिम नामपटमा पूर्व-टेन्डोङ ल्हो रम्फट समारोह

आइजीजेएफको विद्यार्थी सङ्गठनद्वारा भत्सर्ना

आइजीजेएफको विद्यार्थी सङ्गठनद्वारा भत्सर्ना

गिद्ध पहाड क्षेत्रमा गरियो सर्विस बुक डे पालन

गिद्ध पहाड क्षेत्रमा गरियो सर्विस बुक डे पालन