सन्त जेभियर्स विद्यालय दिलाराममा पूर्व विद्यार्थी संगठन गठन

Share this news

सोनादा, (निसं): सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलारामको भवनमा भूतपूर्व विद्यार्थीहरूको एक सभा सम्पन्न भयो। विगत धेरै दिन अघिदेखि विद्यालयका प्रधानाध्यापक अनिल शर्माले पूर्व विद्यार्थीहरूको संगठन गठन गरेर ती विगतका विद्यार्थीहरूलाई विद्यालयमा एक पटक भेला गराउने मनसाय राखी बारम्बार छलफल भइरहेको थियो। त्यसै अनुरूप पूर्व विद्यार्थीहरूलाई लिएर एक आवश्यक सभा सम्पन्न भयो।ङ्गसभाले सर्वसम्मतिबाट पूर्व विद्यार्थी संगठन गठन गरेको छ, जसमा सभापतिमा ललित राई, उप सभापतिहरूमा प्रदिप लामा, सृजना लामा, चन्दा थापा र राजेश गुरुङ चुनिएका छन्‌‍। मुख्य सचिवमा भूपेन्द्र छेत्री, सह सचिवहरूमा नरेश कटुवाल, रोशन छेत्री, सुनिल राई, दावा शेर्पा र शारदा गुरुङ, कोषाध्यक्षमा रीता राई र सहकोषाध्यक्षमा टिकेन्द्र छेत्री चयन भएका छन्‌‍। त्यस्तै मुख्य सल्लाहकारहरूमा दीपक देवान, अनिल शर्मा र राजु थापा, प्रचार-प्रसार सचिवहरूमा वसन्त कुलुङ राई, सञ्जीव मोहोरा, विमोद राई र रोशन राई चोट, साथै कार्यकारिणी सदस्यहरूमा नर्बु शेर्पा, सागर कान्त प्रधान, अरुण छेत्री, मित्र छेत्री, निमा सागे शेर्पा, दीपेश देवान, सोनु शेर्पा, मिलन तामाङ र अशेष राई नियुक्त भएका छन्‌‍। सभाले आगामी 7 सेप्टेम्बरमा विद्यालयले आयोजना गर्ने फेट उत्सवमा भूतपूर्व विद्यार्थीहरूले स्वेच्छिक रूपमा शारीरिक वा आर्थिक सहयोग गर्ने निर्णय पारित गरेको छ। सचिव भूपेन्द्र छेत्रीले विद्यालयले कुनै आर्थिक माग नगरेको स्पष्ट पार्दै यो सहयोग स्वेच्छिक भएको बताए। भूतपूर्व विद्यार्थीहरूले विद्यालयप्रतिको माया र जिम्मेवारीबोध व्यक्त गर्दै यो अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिए। सभामा उपस्थित सबैले विद्यालय छोडेको वर्षौंपछि पनि आफूहरूको मनमा स्कूलप्रतिको उही माया कायम रहेको र यो अवसरमार्फत स्कूललाई केही योगदान दिने मौका प्राप्त भएको भावना व्यक्त गरे। आगामी फेट उत्सवमा भूतपूर्व विद्यार्थीहरूलाई धेरैभन्दा धेरै सहभागी हुन र आफ्ना साथीहरूलाई समूहमा जोड्न आग्रह गरिएको छ। उक्त दिन एक भव्य पूर्व विद्यार्थी भेला आयोजना हुनेछ, जहाँ भूतपूर्व शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहनेछ र प्रत्येक भूतपूर्व विद्यार्थीलाई स्मृति चिन्ह प्रदान गरिनेछ। गुरुजनलाई खादा र मालाले स्वागत गर्ने अवसरलाई “सुनौलो मौका“ भन्दै कमिटीले सबैलाई व्यस्तताका बाबजुद यो अवसर नगुमाउन र बहुमूल्य सुझाव प्रदान गर्न अनुरोध गरेको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ