भानु भक्तले विद्यालाई बुझेका थिएः फादर केवीन

Share this news

खरसाङ, 24 जुलाई (निसं)ः खरसाङ्को सन्त अल्फन्सस उच्चत्तर माधमिक विद्यालयमा वार्षिक अन्तर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। यस टुर्नामेन्टमा वेञ्जामिन (ग्रीन) हाउस, ब्रिटु (ब्लू) हाउस, वेरी (यल्लो) हाउस, मेकी (रेड) हाउसका विद्यार्थीहरूलाई ए, बी, सी गरेर तीन वर्गममा विभाजित गरेर प्रतियोगिता सम्पन्न गरिएको थियो। ए वर्गमा 9 देखि 12 कक्षाका विद्यार्थीहरू, बी वर्गमा 7 र 8 कक्षाका विद्यार्थीहरू अनि सी वर्गमा 5 र 6 कक्षाका विद्यार्थीहरू रहेका थिए। प्रतियोगिताको समन्वयक शिक्षक एन्थोनी जोहन अनि फूर्बा शेर्पा रहेका थिए। यस प्रतियोगितामा ए वर्गमा रेड हाउस अनि यल्लो हाउस फाइनलमा पुगेका थिए भने यल्लो हाउसले रेड हाउसलाई शुन्यको विरुद्ध 3 गोलले जित्यो। बी वर्गममा यल्लो हाउस र ब्लू हाउस फाइनलमा पुगेका थिए, ब्लू हाउसले यल्लो हाउसलाई शुन्यको विरुद्ध 2 गोलले जित्यो। सी वर्गमा ग्रीन हाउस अनि रेड हाउस फाइनलमा पुगेका थिए, ग्रीन हाउसले रेड हाउसलाई शुन्यको विरुद्ध 2 गोलले जित्यो। विजेता टीमहरूलाई ट्रफी अनि प्रमाण पत्र विद्यालयका प्रधान अध्यापक केवीन मोक्तान अनि अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। विद्यालयमा बुधवार भानु जयन्ती पनि पालन गरियो। विद्यालयका शिक्षक माणिक गोलेको तत्वावधानमा सम्पन्न भएको भानु जयन्तीको कार्यक्रममा विद्यालयका प्रधान अध्यापक केवीन मोक्तान, शिक्षक-शिक्षिकाहरूको बाहुलीबाट भानुभक्तको तस्वीरमा धुप-दीप प्रज्जवलन गरी माल्यार्पण गरिएको थियो। यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले कविता पाठ, निबन्ध पाठ, रामायण पाठ, भक्तमाला पाठ गरेका थिए भने विद्यार्थीहरूद्वारा नेपाली गीत अनि नृत्य पनि प्रस्तुत गरिएको थियो। वाङ्छेन तामाङ अनि सुजल शर्माले सञ्चालन गरेका यस कार्यक्रममा आफ्नो वक्तव्य राख्दै विद्यालयका प्रधान अध्यापक फादर केवीन मोक्तानले भानु भक्तले विद्यालाई बुझेका थिए भनी बताउदै विद्यालाई प्राथमिकता दिएर विद्यार्थीहरू अघि बढ़न पर्छ। विद्यार्जन नै वर्तमानमा सबै भन्दा ठूलो सम्पत्ति आर्जन हो। विद्यार्जन गरेकाहरू नै योग्य र सक्षम हुन्छन्‌‍ भन्दै विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ