शिविरमा 2 सय विद्यार्थीको आँखा अनि दाँत जाँच

Share this news

खरसाङ, (निसं): मारवाड़ी युवा मञ्च खरसाङ अर्नवद्वारा एउटा स्वास्थ्य जाँच शिविरको आयोजना खरसाङस्थित पुष्पारानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयमा गरियो। उक्त शिविरमा जम्मा 2 सय जना विद्यार्थीहरूले आँखा, दाँत सहित सामान्य स्वास्थ्य चिकित्सा जाँच गराए। शिविरमा उपस्थित चिकित्सक वा विशेषज्ञ डाक्टहरूद्वारा विद्यार्थीहरूले आँखा, दाँत अनि अन्य जाँच गरिएको थियो। विषेशज्ञ डाक्टरहरूले कतिपय विद्यार्थीहरूलाई अघिल्लो उपचार गराउने सल्लाह दिए। अघिल्लो उपचार गराए सिलगढ़ीस्थित लायन्स ग्रेटर आई अस्पतालमा गरिएको खण्डमा सहुलित दरमा उपचार गरिने पनि बताइयो। शिविरमा आँखाको जाँच सिलगढ़ीस्थित लायन्स ग्रेटर आई अस्पतालका डाक्टहरूद्वारा गरिएको थियो भने दाँतको जाँच दन्त रोग विशेषज्ञ डा. सिमरन अहमदको शिविरमा उपस्थिति थियो, यस बाहेक डा. प्रसनजीत दासको पनि शिविरमा उपस्थिति रहेको थियो । शिविर संयोजक मञ्चका प्रतिनिधि मानव गोयल थिए। पत्रकारहरू सित बोल्दै मारवाड़ी युवा मञ्च खरसाङ अर्नवका वरिष्ठ प्रतिनिधि आयुष गुप्ताले जनाए अनुसार, मञ्चको स्थापनाकालदेखि नै यस्ता विभिन्न सामाजिक अनि जनहितको कार्यको आयोजन गरिने गरिएको छ भने आउँदो दिनहरूमा पनि यसलाई यथावत्‌‍ राखिने छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ