शहीद निमा थिङकी श्रीमती देविका थिङलाई आजीवन बृद्धभत्ता दिने अनि घर निर्माण गरिदिने

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः दार्जीलिङ विधसभा समष्टिका विधायक निरज जिम्बाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद बनेकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीद दिवस पालन गर्दै खरसाङ्को पंखाबारी गिद्देपहाड समष्टि अन्तर्गत लङ्भ्यु चिया बगानको पंखाबारी रोडस्थित केराबारीमा रहेको शहीद वेदीमा फुलमाला अनि खदा चढ़ाएर। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, महासचिव युद्ध छेत्री समष्टि अध्यक्ष सुबोध पाखरीन, गोरामुमो कार्यकर्ताहरू लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिवर्ग एवं कार्यकर्ताहरूको कार्यक्रममा व्यापक उपस्थिति थियो। यस कार्यक्रममा बेल्दै विधायक निरज जिम्बाले 1986 सालको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुती दिएर शहीद बनेका निमा थिङ्को घर निर्माण गरिदिने साथै घोषणा गर्दै कार्यक्रम स्थलबाट यसको शुरूवात गरे। जिम्बाले घर निर्माण गर्नको निम्ति पहिलो किस्ता एक लाख रुपियाँ चेक मार्फत हस्तान्तरण गरे। हामीले न्याय पाएका छैनौँ अब गोर्खालाई न्याय दिने समय आएको छ, गोर्खा जाति जाग्यो भने अफ्ट्यारो पर्छ, गोर्खाहरू राष्ट्र प्रेमी हुन्‌‍, जय हिन्दको नारा लगाउछौँ त्यसपछि जय गोर्खाको नारा लगाउछौँ। हाम्रो नेताले पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्न सिकाए तर त्यो माटो गोर्खाल्याण्डको मात्र माटो नभएर भारत देशको माटो हो। यसकारण अब देशले पनि हामीलाई सम्मान गर्ने बेला आएको छ भनी निरज जिम्बाले आफ्नो वक्तव्यमा भने । तिनले अझ भने, हाम्रो मांग र लड़ाई भनेको माटोको उन्मुक्ति हो र दिल्लीमा काम हुँदैछ। दिल्लीमा के हुँदैछ त्यो म अहिले नै भन्न सक्दिन। किनकी यहाँ धेरै डाकुहरू छन्‌‍, यस भन्दा अघि पनि गोर्खाहरूको भाग्य कोर्न लाग्दा डाकुहरू लागेका हुन्‌‍। शहीदहरूलाई सम्मान गर्नु पर्छ उनीहरू पानी, खोला-नाला र बाटोको निम्ति शहीद बनेका होइनन्‌‍, माटोको निम्ति शहीद बनेका हुन्‌‍। उन्मुक्तिको निम्ति पूजा गर्नुपर्छ किनभने अब शहीदहरुको सपना साकार हुनेछ र शहीदहरूले साँचो श्रद्धाञ्जली पाउने छन्‌‍। विधायक निरज जिम्बाले शहीद निमा थिङ्को परिवारलाई राजनीतिक भेदभाव गर्दै पहिला सत्तामा हुनेहरूले कामबाट निष्कासन गरेको आरोप लगाउँदै म अपिल गर्दछु अहिले जो सत्तामा छन्‌‍, नयाँ सोच नयाँ बिचार बोकेर आएका छन्‌‍। उनीहरूले शहीदका परिवारलाई न्याय दिनु पर्छ भनी सम्बोधनको क्रममा भने।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ