शहरको कतिपय स्थानमा काटिएका केबलहरू उठाउन पर्ने

Share this news

खरसाङ, 29 जून (निसं)ःअ गभग एक महिना अघि खरसाङ नगरपालिका अनि खरसाङ महकुमा प्रशासनले शहरमा रहेको अव्यस्थित र जोखिमपूर्ण केबलहरू काट्ने काम गरेको थियो। नगरपालिका अनि महकुमा प्रशासनले अव्यवस्थित र जोखिमपूर्ण केबलहरू काटिदिएपछि वर्तमानमा विभिन्न इन्टरनेट सेव प्रदान गर्ने, टेलिभिजन सेवा प्रदान गर्ने कम्पनीका एजेन्सीहरूले नयाँ गरेर व्यस्थित प्रकारले केबल टाँग्ने कार्य पनि गरिसकेका छन्। तथापि त्यस समय काटिएका केलबहरू अझ पनि कतिपय स्थानमा थुप्रिएको, झुण्डिएको अथवा तत्रिएको अवस्थामा देखिएका छन्। शहरको कतिपय स्थानमा काटिएका केबलहरू यसरी भूईँमा छरिएएको, कुनै बिल्डिङबाट झुण्डिएर बसेको अवस्थमा रहेकोले मानिसहरूलाई समस्या भइरहेको गुनासोहरू प्राप्त छ। खरसाङको वर्द्धवान रोड, राष्ट्रिय राजमार्गको 1-2 स्थानहरूमा यसरी काटिएका केबलहरू पाइएका छन्। भूईँमा छरिएर बसेका यस्ता केबलहरूको कारण मानिसहरू अल्झिएको, मोटर बाईक-स्कुटीहरूको खुट्टा अल्झिएको गुनासोहरू प्राप्त छ। शहरको धेरै स्थानबाट यसरी काटिएका केबलहरू उठाइएको भए तापनि कतिपय स्थानमा रहेका केबलहरू उठाउन बाँकी रहेकोले यसरी छरिएर, लत्रिएर, झुण्डिएर बसेका केबलहरू उठाउन पर्ने जनसाधरणको माग छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ