असामाजिक क्रियाकलापलाई रोक्न सबै अघि आउनुपर्ने समेकि लामाको आह्वान

Share this news

पङ्खाबारी, (निसं)ः वर्तमान समयमा शहरी क्षेत्रमाभन्दा धेर ग्रामीण क्षेत्रहरूतिर हुने विभिन्न असामाजिक क्रियाकलाप तथा दुष्कर्महरूलाई रोक्न समाजका प्रत्येक सदस्यहरू अघि आउनुपर्ने आह्वान लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाले गरेकी छन्‌‍। तिनले सोमवार खरसाङ अदालत परिसरबाट यस प्रकारको आह्वान गरेकी हुन्‌‍। गत केही दिनअघि दुधेमा दुइजना नाबालिगहरूमाथि भएको सामुहिक दुष्कर्मबारे दोषीहरूलाई कठोर सजायको मांग गर्न खरसाङ अदालत आएकी थिइन्‌‍। यसै अवधि तिनले विशेषगरी हाल ग्रामीण क्षेत्रहरूमा बारम्बार हुने गरेको यस प्रकारको दुष्कर्म अनि असामाजिक क्रियाकलापमाथि चिन्ता अनि दुःख व्यक्त गर्दै वास्तवमा यस प्रकारको घटनाबारे समाजमा सचेतना नआएको औ अधिक मात्रामा अवैध रुपले भित्रिरहेको नशालु पदार्थ विक्री वितरण तथा सेवनको कारणले पनि हो भनी जनाइन्‌‍। तिनले दुधेको घटना सम्बन्धमा जानकारी गराउँदै उक्त घटना अत्यन्तै अमानवीय अनि निन्दनीय रहेको जनाउँदै जहाँसम्म कानूनले ती पाँचना दोषी व्यक्तिहरूलाई मृत्यु दण्डको सजाय दिनुपर्छ भनी माग गरिन्‌‍। लामाले अब स्त्री जातिहरू पनि आफै सचेत र सजग रहनुपर्छ भन्दै आफूहरू कतै यात्रा गर्दा होस्‌‍ अथवा गाउँ-घरमा रहँदा कसैले पनि आफूलाई कुदृष्टिले हेर्छन्‌‍ अथवा यस प्रकारको व्यवहार गर्छन्‌‍ भने त्यसको तत्कालै विरोध जनाउनुपर्छ अनि त्यस व्यक्तिलाई कानून सम्बन्धी कार्वाही गर्नुपर्छ भन्दै अब कोही पनि डराएर नहुने बताइन्‌‍। अभिभावहरूले पनि आफ्ना नानीहरूको सुरक्षा प्रदान गर्न अहम्‌‍ भूमिका निर्वाह गर्नुपर्छ भन्दै तिनले यस प्रकारका नराम्रा क्रियाकलापहरूको रोकथाम गर्न समाजका प्रत्येक सदस्यहरू, सचेतवर्ग अनि सबै तहतप्काका मानिसहरू अघि आउनुपर्छ भनी अनुरोध गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ