लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

Share this news

पंखाबारी,29 जून(निसं): सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तगर्त लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास आइतवार विधिवत् पूजा अर्चना सहित सम्पन्न भयो। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाँउ-घरमा सोकपिटको निर्माण कार्यले नालामा बग्ने पानीको व्यवस्थपन हुने र गाउँ-घरको परिवेश स्वच्छ रहने बताइन्। अहिलेघरि सामाजिक सञ्जालमा जीटीए क्षेत्रमा भइरहेको विकासमूलक कार्यहरूको गलत प्रकारले प्रचार भइरहेको जनाउँदै यदि कुनै क्षेत्रमा विकासमूलक कार्यहरू गुणस्तरीय नभए त्यस क्षेत्रका पञ्चायत सदस्य, प्रधान, उपप्रधान, पञ्चायत समिति साथै सभासदलाई जनाकारी गराउन पर्ने जनाइन् साथै आफ्नो गाउँ घरमा आएको विकासमूलक कार्यको देखरेख गर्ने जिम्मा ग्रामवासीको पनि रहेको जनाइन्। सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले लङ्भ्यू क्षेत्रमा बनिन गइरहेको सोकपिट स्वच्छ भारत मिशन अन्तगर्त हुन गइरहेको औ यस कार्यले गाउँ घरमा मच्छरबाट हुने रोगको रोकथाम हुने साथै गाउँ घरको परिवेश स्वच्छ रहने बताए। जीटीए प्रमुख कार्यपालको कुशल नेतृत्वमा पञ्चायती व्यवस्था फर्के पश्‍चात पञ्चायत समिति साथै पञ्चायत मार्फत गाउँ घरमा धेरै विकासमूलक कार्यहरू भइरहेको जनाए। यस शिलान्यास कार्यक्रममा समिति सदस्य मौसम लामा, युवा शक्ति केन्द्रिय समिति सदस्य सञ्जीव छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, पञ्चायत सदस्य सुब्रता लकान्द्री, भागोप्रमो लङ्भ्यु खण्ड समिति अध्यक्ष नयस लामा, सचिव लक्ष्मण छेत्री, युवा शक्ति सभापति निसान गोले, सचिव विजय सुनुवार, नारी शक्ति, युवा शक्ति साथै पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो भनी जिनोद परियारले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ