तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन्‌‍ राई पहाड़बाट राज्य स्तरीय जुडोमा

Share this news

खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन्‌‍ राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै तक्मा हासिल नगरे पनि उक्त च्याम्पियनशिपमा सम्भवत प्रथम पल्ट दार्जीलिङ पहाड़बाट आधिकारिक रूपमा आफ्नो सहभागिता जनाएर फर्किएका छन्‌‍। खरसाङ्मा पत्रकारहरूसित बोल्दै अकादमीका चेयरम्यान सन्दीप प्रधानले जनाए अनुसार, तिनी धेरै हर्षित रहेका छन्‌‍, तिनको अकादमीका दुई विद्यार्थीहरू सम्भवत प्रथम पटक सरकारद्वारा मान्यता प्राप्त स्टेट जुडो च्याम्पियनशिपमा आफ्नो प्रदर्शन गर्न सफल बने। सन्दीप प्रधानले थप जनाए अनुसार, तिनले पाएको जानकारी अनुसार 1970 को दशकमा दार्जीलिङ पहाड़मा कतिपय जुडो खेलाड़ीहरू रहेका थिए तर ती खेलाड़ीहरूले कुनै आधिकारिक प्रतियोगितामा भाग लिएको कुनै जानकारी छैन्‌‍। यसैले तिनको अकादमीको यी दुई जना विद्यार्थीले सम्भवत प्रथम पटक पहाड़बाट कुनै आधिकारिक जुडो प्रतियोगितामा भाग लिएका छन्‌‍। प्रधानले भने, मेरा विद्यार्थीहरूले अवश्य उक्त तीन दिवसीय जुडो प्रतियोगितामा कुनै तक्मा हासिल नगरे तापनि राज्यको विभिन्न जिल्लाबाट आएका अन्य खेलाड़ीहरू कड़ा फाइट गरेर धेरै ज्ञान प्राप्त गरेका छन्‌‍। अवश्य नै आउँदो दिनहरूमा यो अनुभवले यी युवा भाईहरूले राज्य अनि राष्ट्रिय स्तरमा खेल्ने अवसर पाउने छन्‌‍। प्रधानले यो पनि जनाए कि जुडो खेल अगावै ओलिम्पिकमा एउटा मान्यता प्राप्त गरिसकेको खेल हो। यस खेलको माध्यमबाट युवा-युवतीहरूले खेलको क्षेत्रमा अघि बढ्न धेरै अवसर अनि सुविधा पाउनु सक्नेछन्‌‍। अर्को तर्फ उक्त टुर्नामेन्ट बारे बताउँदै, कृष्ण छेत्री अनि लेनिन्‌‍ राईले हर्ष प्रकट गरे । तिनीहरूले बताए अनुसार, राज्यको विभिन्न जिल्लाबाट खेलाड़ीहरू यस प्रतियोगितामा रहे तापनि पहाड़बाट अनि गोर्खा समुदायबाट तिनीहरू दुई मात्र थिए। आउँदो दिनमा अझ धेर युवा-युवती पहाड़बाट यस्ता प्रतियोगितामा भाग लियोस भन्ने हामी चाहान्छौँ भनी दुई खेलाड़ीले भने। अकादमीका चेयरम्यान सन्दीप प्रधानले सिलगढ़ीस्थित रंगपानीमा अवस्थित दार्जीलिङ जिल्ला जुडो एसोसिएशनका अध्यक्ष अरुण लामा, महा सचिव चितरञ्जन रोय साथै अन्य सम्बन्धितहरू प्रति कृतज्ञता पनि व्यक्त गरे। ज्ञात रहोस्‌‍, अकादमीद्वारा जुडो खेलमा प्रशिक्षण दिने कार्य पनि भइरहेको छ। उक्त 52 औँ पश्चिम बंगाल स्टेट जुडो प्रतियोगिता गत 8 अगस्त देखि 10 अगस्तसम्म कलकत्ताको खुदीराम अन्सुल्न केन्द्र भवनमा सम्पन्न भएको थियो, जसमा राज्यको विभिन्न जिल्लाबाट लगभग 70 भन्दा धेर खेलाड़ीहरूले भाग लिएका थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ