पङ्खाबारी निवासी महिमा लामाले उतीर्ण गरिन्‌‍ नीट परीक्षा

Share this news

पङ्खाबारी, (सुवास छेत्री)ः दार्जीलिङ पहाड़का धेरै विद्यार्थीहरूले आजपर्यन्त अत्यन्तै कठीन परीक्षाहरू उतीर्ण गर्न सक्षम भइरहेका छन्‌‍। यसै क्रममा खरसाङ खण्डको पङ्खाबारी निवासी पास्टर कबीर लामा अनि उषा कानु लामाकी छोरी महिमा लामाले राज्यभरिमा सर्वाधिक एससी श्रेणीमा 149 ऱ्याङ्क ल्याएर नीट परीक्षा उतीर्ण गरेकी छन्‌‍। सर्वप्रथम आफ्नो प्राथमिक शिक्षा स्थानीय लिटल रोज अङ्ग्रेजी स्कूलबाट पूरा गरेपछि पाचौँ कक्षादेखि तिनले दशौँ कक्षासम्म खरसाङ्को सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट पूरा गरेपछि एघारौँ अनि बाह्रौँ कक्षा सिलगढ़ीको डाक्टर आइबी थापा नेपाली उच्चतर माध्यमिक विद्यालयबाट पूरा गरिन्‌‍। त्यसपछि महिमाले सिलगढ़ी कलेजबाट मेडिकल फिजियोलोजीमा बीएससी पूरा गरेकी हुन्‌‍। यसबारे जानकारी गराउँदै महिमाले नीट परीक्षा एउटा सबैभन्दा ठूलो परीक्षा हो भन्दै यसलाई पूरा गर्नु नै ठूलो कुरा रहेछ भनी बताइन्‌‍। तिनले यस वर्षको नीट परीक्षा अझ अन्य वर्षहरूको परीक्षाभन्दा पनि टफ रहेको आफूले थाहा पाएको बताउँदै यसको निम्ति तिनले दुइ वर्ष कठोर परिश्रम गरेको जनाइन्‌‍। यस परीक्षाको निम्ति तिनले सर्वप्रथम सिलगढ़ीको आकाश संस्थाबाट अनलाइन कोर्स लिएको जनाउँदै यसका जतिपनि पूराना विद्यार्थीहरू अनि आफ्ना अभिभावकहरूले तथा शिक्षक-शिक्षिकाहरूले भरपूर सहयोग गरेको जनाइन्‌‍। तिनले आफ्नो अघिल्लो पढ़ाइको निम्ति रायगञ्ज मेडिकल कलेजमा भर्ना लिएको जनाउँदै त्यहाँको वातावरण खुबै असल रहेको थाहा पाएर नै त्यस कलेजमा भर्ना लिएको जनाइन्‌‍। जीवनमा कहिल्यै पि कुनै कुरोमा हार खानु हुँदैन भन्दै नीट परीक्षा उतीर्ण गर्न सजिलो भने छैन। यसको निम्ति धेरै परिश्रमक गरिनुपर्छ तथा तयारी पनि धेरै गर्नुपर्छ भन्दै यसको निम्ति सबैले कोशिष गर्ने आग्रह गरिन्‌‍। महिमाका पिता पास्टर कबीर लामा अनि आमा उषा कानु लामाले आफ्नो छोरीले यति ठूलो परीक्षा पास गरेकीमा खुशी व्यक्त गर्दै यो सबै उनको परिश्रम र पूर्ण तयारीले हो भन्दै सबैले यसरी आर्शिवाद प्रदान गरेकोमा उनीहरू प्रति अनि ईश्वर प्रति कृतज्ञता व्यक्त गरे। अब छोरीको अघिल्लो तयारीको निम्ति आफूहरू लागिपरेको जनाए। यता महिमा अनि तिनकी परिवारलाई बधाई एवम्‌‍ शुभकामना तिनको घरमा आएकी क्षेत्रिय सभासद्‌‍ कल्पना प्रधानले आफ्नो क्षेत्रका नानीले यसरी सफलता हासिल गरेकोमा उनलाई बधाई अनि आर्शिवाद दिइन्‌‍। प्रधानले महिमाका माता अनि पिता दुवै तिनका विद्यार्थीहरू रहेको बताउँदै महिमाकी आमा पनि सानै उमेरदेखि पढ़नमा खुबै असल रहेको जनाउँदै पिता पनि खुबै मेहनती रहेकोले आज उनीहरूका छोरीले यति धेरै सफलता प्राप्त गरिरहेको जनाइन्‌‍। तिनले पङ्खाबारी,लङ्भ्यू,अम्बटे समष्टिमा आजसम्म तीन जनाले यस्ता ठूल्ठूला परीक्षा पास गरेर आज तिनीहरू असल स्थानमा रहेको जनाउँदै अब महिमाको अघिल्लो जीवनको खुड़किलो शुरु भएको जनाउँदै उनलाई शुभकामना दिइन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ