मर्मत कार्य यथावत भोलिदेखि यातायात खुल्ला हुने  

Share this news

मजुवा, 16 नोभेम्बर (निसं):मजुवा ग्राम पञ्चायत अन्तर्गत शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरावीच बतासेको सडक मर्मत कार्य धमाधम भइरहेपनि  आईतवारदेखि  यातायात खुल्ला रहनेछ। बाटो मर्मति कार्यको आज दशौं दिनपनि श्रमदानदाताहरू उत्साह पूर्वक खटिएको छ। अप्पर सिङ्गबुङ डेरा देवकोटा संघको मुख्य आयोजनामा भइरहेका बाटो मर्मति कार्यमा वरिपरिको संघसंस्थाहरू लगायत गाउँलेहरूको सहायता र प्रयासमा धेरै असुविधा भएकोमा ठाउँहरूमा सोलिङ लगाउदै, कंक्रिट ढलाई लगाएर बाटो बनाउने कार्य सफलता पूर्वक सम्पन्न भइरहेको छ। यसैगरि आजपनि सोलिङ लगाएर कंक्रिट ढलाई लगाउने काम भयो। दैनिक रूपमा भइरहेको श्रमदान कार्यमा सबैले योगदान दिइरहेको आयोजक समितिका सदस्य धिरेन सुब्बाले जनाएको छ। रंगीत-मजुवा शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा हुँदै कालो पानीको बाटो अब केही दिनसम्म मर्मति कार्य चल्ने उनले बताएको छ। स्थानीय जनसाधारणहरूको योगदानमा तथा दिदीबहिनीहरूको पनि उत्तिकै उत्साह पूर्वक सहयोगमा श्रमदानद्वारा भईरहेको बाटो मर्मति कार्य सफल ढंगले भइरहेको पनि सुब्बाले जनाएको छ। यसैगरि अझ केही दिन बाटो मर्मति श्रमदान कार्य यथावत् रहन सक्ने तथापि अब सबै ठाउँको वाहन यतायातमा आगामी आईतबारदेखि पूर्णरूपले खोलिन तथा कुनै वहानहरू आवतजावत गर्न सक्ने धिरेन सुब्बाले जनाए।
मजुवा ग्राम माथिल्लो क्षेत्रको निम्ति मुख्य बाटोको रूपमा यतायात गरिने उक्त कच्चा सडकलाई गत 4 अक्टोबरको प्रकृतिक प्रकोपले धेरै क्षति पुगेको हुनाले उक्त बाटो मर्मति गर्नै पर्ने थियो। त्यसैले उक्त बाटो मर्मति कार्यमा स्थानीय गाउँले संघ-संस्था छरछिमेकहरूको पहलमा दैनिक रूपले श्रमदानमा गाउँलेहरू लागिपरेको उक्त बाटोमा हिंड्ने सबै दैनिक सवारी साधन अनि शुभचिन्तकहरूलाई यस कार्यको निम्ति साथ सहयोग पुर्याइदिनु भयो। यसैगरि आजसम्म श्रमदान कार्यमा खटिएर यो मर्मति कार्य सफल बनाइदिनु हुने सम्पूर्ण श्रमदानदाताहरू प्रति आयोजक समिति देवकोटा संघले प्रत्यक्ष अप्रत्यक्ष सबैप्रति आभार व्याक्त गरेको छ।

Share this news
आजको रोजाइ
नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

आजको रोजाइ