भूतपूर्व अग्निशमन कर्मचारी संगठनको सभा

Share this news

खरसाङ, 1 सेप्टेम्बर (निसं): भूतपूर्व अग्नि शमन कर्मचारी संगठन खरसाङ शाखाको सातौँ वार्षिक स्थापना दिवस यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा संगठनका सभापति गोपाल प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभाका प्रमुख अतिथिको रुपमा समाज सेवक टीटी लामा, विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा खेलकुद संघका अध्यक्ष मोहन योञ्जन, बडिबिल्डिङ्का अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा संगठनका कोषाध्यक्ष गणेश प्रधानकी सुपुत्री रिना प्रधानले जिल्ला शारिरीक गठन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल बनेकीमा, खरसाङ फुटबल एकेडेमीका निर्देशक नगेन तामाङलाई फुटबल खेलमा विशिष्ट योगदान पुऱ्याएकोमा, मनु प्रधानलाई अग्निशमन सर्वश्रेष्ट सेवाको राष्ट्रीय पुरस्कार प्राप्त गरेकोमा सम्मान एवं सम्बर्धना कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। सभामा बाल कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए अनि भुतपूर्वन स्टेशन अफिसर एमके तामाङ, उगेन तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन समितिका प्रचार सचिव फुर्बा तामाङले गरेका थिए। संगठनका सचिव पीटी यल्मोद्वारा संगठनको उपलब्धि बारे सभामा विस्तृत रुपमा प्रकाश पारिएको थियो। सभापति गोपाल प्रधान धन्यवाद ज्ञापन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ