भक्टोरियाका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव

Share this news

खरसाङ, 19 जुलाई (निसं): खरसाङको भिक्टोरिया बोईज स्कूलका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव पालन गरिएको छ। खरसाङ डिभिजनको खरसाङ रेञ्ज अन्तर्गत डाउहिलमा आयोजना गरिएको यो कार्यक्रममा भिक्टोरिया बोईज स्कूलका विद्यार्थीहरूले वृक्ष रोपण गरे, जंगलमा रहेका विभिन्न फोहोर-मैलाहरूको सफाई गरे, विद्यार्थीहरूले जंगलमा रहेका वृक्षहरूलाई अङ्गालो हाल्दै वृक्ष अथवा प्रकृकिसित प्रेमको भाव प्रकट गरे अनि जंगलमा रहेका बहुमूल्य पौधाहरूको बारेमा जानकारी प्राप्त गरे। कार्यक्रममा सहभागी विद्यार्थीहरूले डाउहिल फरेष्ट म्युजियमको पनि भ्रमण गरे अनि त्यहाँ विविध वन्य जीव-जन्तु, वन्य सम्पदा विषयमा ज्ञान प्राप्त गरे। कार्यक्रममा विद्यालयका प्रधान अध्यापक मलय साहा, खरसाङ महकुमा शासक विन्दावासी तेजा दिपक, डीएफओ देवेस पाण्डे, वन विभागका अधिकारीहरू अनि अन्यन्या विशिष्ट व्यक्तिहरू उपस्थित थिए। विद्यालय पक्षले दिएको जानकारी अनुसार 19 जुलाईको दिन विद्यालयमा उपस्थित रहेका भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीसित विद्यार्थीहरूले भेट गरेर तिनीसित अन्तरक्रिया पनि गरे। छेत्रीलाई विद्यालयको पक्षबाट सम्मान जनाइएको थियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ