नाट्य संस्था ‌जागृति परिवार‌को 52 औं स्थापना पालन

Share this news

खरसाङ, (निसं): दार्जीलिङ पहाडी भेकको प्रतिष्ठित नाट्य संस्था ‌‘जागृति परिवार‌’को 52औं स्थापना दिवस निजी भवनमा पालन गरियो। ‌‘जागृति परिवार‌’का अध्यक्ष लक्ष्मण गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा ‌‘जागृति परिवारका संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ नाटककार पूर्ण गुरुङ्को विशेष उपस्थिति रहेको थियो। 29 जुलाई 1993 सालमा स्थापना भएको ‌‘जागृति परिवार‌’ले लगभग चालिसवटा पूर्णाङ्की, धेरै लघु नाटकहरु र सडक नाटकहरू मञ्चन गरिसकेको छ। कार्यक्रमको प्रारम्भमा माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरेर दीप प्रज्ज्वलन गरेपछि दिवंगत सदस्यहरूलाई सम्झना गर्दै उनीहरूको आत्मशान्तिको निम्ति एक मिनटको मौन धारण गरियो। जागृति परिवारका सचिव प्रकाश प्रधानले स्वागत वक्तव्य राखेपछि पूर्ण गुरुङ ‌‘निरुपम‌’ले ‌‘जागृति परिवारको स्थापनाबारे संक्षिप्तमा जानकारी दिएका थिए। ‌‘जागृति परिवार‌’ले आफ्नो स्थापनाकालदेखि धेरै कठिन संघर्ष गरेर आज 52 वर्ष पूरा गरेको उनले बताए। उनले ‌‘जागृति परिवार‌’ले मञ्चन गरेको नाटकहरूको चर्चा गरेका थिए। सबै कलाकार सदस्यहरूलाई उर्जा दिँदै उनले सबैलाई नाटकको निम्ति क्रियाशील रहने आहवान गरेका थिए। यसै कार्यक्रममा ‌‘जागृति परिवार‌’मा आएका चलचित्र निर्देशक विवेक राई, साङ्गे लामा, केवल सुब्बा र हेमन्त राईलाई परिवारमा सबैले स्वागत जनाएका थिए। चलचित्र ‌‘लिपस्टिक गोलाई‌’का निर्देशक विवेक राई जसले सर्बियामा ‌‘शान्ति‌’ लघु चलचित्रका निम्ति ‌‘सिल्भर एग‌’ अवार्ड प्राप्त गरेका हुन्‌‍। विवेक राईलाई उनको उपलब्धिको निम्ति बधाई जनाइयो। जागृति परिवारकी सदस्य रचिता छेत्रीले लघु चलचित्र ‌‘चित्कार‌’मा प्रभावकारी अभिनय गरेकी थिइन्‌‍। उनलाई पनि कार्यक्रममा बधाई जनाइयो। यस्तै जागृति परिवारका सदस्य अदीप रोकालाई ‌‘ब्लुम्स स्टुडियो‌’को प्रस्तुतिमा लघु चलचित्र ‌‘एक्लो बुवा‌’मा उत्कृष्ट अभिनयको निम्ति बधाई जनाइयो। यस अवसरमा सदस्यहरूले नाटकको विकासका निम्ति आ-आफ्नो विचारहरू प्रकट गरे। सन्‌‍ 2023 मा जागृति परिवारले स्वर्ण वर्षको कार्यक्रम शुरु गरेको थियो र अब यसै यसको वर्ष स्वर्ण वर्षको समापन कार्यक्रम गर्नेबारेमा पनि चर्चा गरिएको थियो।


Share this news
आजको रोजाइ
खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

आजको रोजाइ