भाषा-साहित्यलाई लिएर राजनीतिक दुनो सोझ्याउने काम गर्नु हुँदैनः अरासाम

Share this news

खरसाङ, (निसं)ः असीत राई साहित्यिक मञ्चको नवौँ मासिक साहित्यिक प्रकरण सम्पन्न भयो। खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भएको यस प्रकरण नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजना गरिएको हो। प्रकरणका संयोजक सम्भू कुमार राईद्वारा सञ्चालित यस कार्यक्रममा नेपाली भाषा, वर्तमानको राजनीतिक, सामाजिक विषयमा केन्द्रित कविताहरू रचिता छेत्री, रचना राई अनाकार, मीना लामा राई, ऋषि राई अनि सम्भू कुमार राईले पठन गरेका थिए। कार्यक्रममा वरिष्ठ सदस्य एवं समाजसेवी सूर्यनारायण प्रधानले भाषाको महत्व, शिक्षा र साहित्यको विषयमा आफ्नो मन्तव्य प्रकट गरेका थिए। मञ्चका सचिव दीपक ठटाल जलनले नेपाली भाषाको उत्पति, मिठास, विशेषता र समृद्धताको बारेमा आफ्नो मन्तव्य प्रकट गरेका थिए। तिनले आफ्नो वक्तव्यमा सतही ज्ञान लिएर गोर्खा भाषा र नेपाली भाषाबारे विवाद सृजना गर्न नहुने, भाषालाई लिएर राजनीतिकरण गर्न नहुने बताए। तिनले भाषालाई लिएर सबैले व्यहारिक रुपमा कार्य गर्न पर्ने आवश्यकतामाथि जोर दिए। मञ्चका अध्यक्ष ऋषि राईले भाषाको सही प्रयोग, शिक्षण पद्धति अनि अध्ययन संस्कारमाथि गम्भीर भएर कार्य गर्ने, साहित्यिक धरोहर, प्रतिष्ठित स्रष्टाहरूको व्यक्तित्व अनि कृतित्वमा आँच आउने काम गर्न नहुने बताउदै भाषा-साहित्य जस्तो पवित्र वस्तुमाथि राजनीतिक दुनो सोझ्याउने काम गर्न नहुने विचार प्रकट गरे। तिनले भविष्यमा महानदी क्षेत्रका संगीतकार अनि अर्का साहित्यकारमाथि खोजीमूलक कार्य गर्ने प्रतिवद्धता पनि आफ्नो वक्तव्यमा जाहेर गरे। कार्यक्रममा गोर्खा जनपुस्तकालयद्वारा समर्पित शिक्षक सम्मानले सम्मानित गरिएकोमा मञ्चका सहसचिव एवं सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयकी शिक्षिक मीना लामा राईलाई मञ्चको पक्षबाट सबैले बधाई अनि आगामी दिनहरूको निम्ति शुभकामा दिए भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ