दार्जीलिङ हिल्स युनिभर्सिटीमा अतिथि प्राध्यापक छनोटका लागि अन्तर्वार्ता जारी

Share this news

खरसाङ, (निसं): दार्जीलिङ हिल्स युनिभर्सिटीमा अस्थायी रूपमा अतिथि प्राध्यापक नियुक्ति प्रक्रिया अन्तर्गत अन्तर्वार्ता सोमबार 25 अगस्टदेखि शुरु भएको छ। विश्वविद्यालयले यसअघि 30 जून 2025 मा सार्वजनिक गरेको विज्ञापन अनुसार अंग्रेजी, इतिहास, पत्रकारिता तथा जनसम्पर्क, नेपाली, राजनीतिशास्त्र र गणित गरी 6 वटा शैक्षणिक विभागमा दुई-दुई जना गरी जम्मा 12 जना अतिथि प्राध्यापक पदको लागि आवेदन आह्वान गरेको थियो भने विश्वविद्यालय पक्षबाट जानकारी अनुसार 1 सय 60 जना भन्दा बढ़ी उम्मेदवारहरूले आवेदन दिएका थिए। विश्वविद्यालयका अनुसार योग्यताका आधारमा छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता 25 अगस्टदेखि 28 अगस्टसम्म तोकिएको तालिकाअनुसार सञ्चालन हुनेछ। 25 अगस्त सोमवार पत्रकारिता तथा जनसम्पर्क र अंग्रेजी विभागका उम्मेदवारहरूको अन्तर्वार्ता सम्पन्न भयो। 26 अगस्ट 2025 मंगलबार इतिहास विभागका उम्मेदवारहरूको अन्तर्वार्ता भएको छ। त्यसरी नै 27 अगस्त 2025 बुधवार गणित र नेपाली विभागका उम्मेदवारहरूको अन्तर्वार्ता तोकिएको छ। त्यसरी नै 28 अगस्त बिहीवार राजनीतिशास्त्र विभागका उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ। दार्जीलिङ हिल्स युनिभर्सिटीका रजिष्ट्रार डा. सुजता रानी राई बताए अनुसार आवेदन प्रक्रिया र न्यूनतम योग्यता मापदण्ड अनुसार छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइएको हो। अन्तर्वार्ता सफलतापूर्वक पूरा गरेपछि छनोट भएका उम्मेदवारहरूले आगामी 1सेप्टेम्बर 2025 देखि विश्वविद्यालयमा कार्यभार सम्हाल्न ुपर्नेछ।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ