तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

Share this news

तीनधारे, 19 जुलाई(निसं): तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको स्मृति वनस्थितको प्रेक्षागृहमा सन्त जोहन चर्चको आयोजनामा आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन गरिएको हो। उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी ब्लु डायमण्ड अंग्रेजी स्कूलका निर्देशक बीबी थापाले गरेका थिए भने प्रमुख वार्ताकार साहित्यकार एवं शिक्षक युवराज सुन्दास उपस्थित रहेका थिए। कार्यक्रममा शुरूवाती प्रार्थना सन्त जोहन चर्चकी एल्डरनी आमाद्वारा गरियो। कार्यक्रमलाई शिक्षिका प्रेजिना मोक्तानले सञ्चालन गरेकी थिइन्‌‍। पादरी गंगाप्रसाद प्रधानको जीवनी पास्टर तिरस राईले प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख वार्ताकार वरिष्ठ साहित्यकार युवराज सुन्दासले पादरी गङ्गाप्रसाद प्रधानको कष्टदायक जीवन अनि उनले गरेका पत्रकारिताबारे प्रकाश पार्दै पादरीको नेपाली पत्रकारिताको क्षेत्रलाई मात्र पनि हेऱ्यैाँ भने पनि उनलाई फादर अफ्‌‍ जर्नलिज्म भन्न सुहाउने बताए। यसका साथै सुन्दासले त्यसताक पादरी गङ्गा प्रसादले आफ्नो जीवनकालमा गरेका साहित्य, धार्मिक साथै समाज सेवाको मूल्यांकन गर्नु हो भने म त ब्लाक डायमण्ड भन्न रुचाउँछु भन्दै आफ्नो मत प्रकट गरे। साहित्यकार सुन्दासले जसरी कवि भानुभक्तले रामायण तथा आफ्नो रचनाहरूद्वारा तिनताकको नेपाली समाजमा सामाजिक, धार्मिक जागरूकता ल्याए त्यसरी नै पादरी गङ्गाप्रसादले पनि शैक्षिक, सामाजिक र धार्मिक जागरूकता ल्याए र धर्मले मानिसलाई अनुशासित बनाउँदछ भन्ने विचार व्यक्त गरे। उनले हामी एक भएर रहनु पर्ने सबैलाई आह्वान्‌‍ गरे। कार्यक्रममा प्रधान अध्यापिका रूथरानी राईको अगुवाईमा सन्त जोहन चर्चको सदस्याहरूले पादरी गङ्गाप्रसादद्वारा रचित भजन ‌’छैन केही स्थिर यो जगमा‌’ प्रस्तुत गरे भने पनु लेप्चा, शिक्षिका कवियत्री उर्मिला लामा, एल्डर मसीह प्रकाश मोक्तान र सुवास बान्तवाले स्वरचित कविता पठन गरे। कार्यक्रममा सन्त जोहन चर्चका वरिष्ठ सदस्य दिपक थापाले धन्यवाद ज्ञापन गरेका थिए। पास्टर तिरस राईको अन्तिम प्रार्थना अनि समारोह अध्यक्षको संक्षिप्त वक्तव्यपछि कार्यक्रम समाप्त गरियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान