तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

Share this news

तीनधारेअ अ 29 जून (निसं)ः तीनधारेको भानु ग्राम क्षेत्रमा रहेका मैलाहरु आज घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई गरिएको छ। केही दिन अघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तलतिर ल्याएको थियो जुन मैलाहरु विषयमा स्थानीय दिपक प्रधानले मिडियामा दिएपछि आज घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा आज सर सफाई गरिएको छ। पञ्चायतको तर्फबाट सर सफाई कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ-घर सर सफाई चलिरहेको तर यसरी गाउँ घरकै मानिसहरुले मैला जताभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर लगेको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम बनिन्दैछ र अब घर घरबाट मैला उठाउने कार्य गरिने बताएका छन्। उनले अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने भएको बताउँदै नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने बताएका छन्। घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले सबैलाई गाउँ घर सर सफाई गर्नु पर्ने बताउँदै गाउँ घरमा जताभावी मैलाहरु फ्याँक्नु नहुने र जताभावी मैलाहरु फ्याँक्दा परिवेश नै नराम्रो हुने जनाएकी छन्। सबैलाई मैलाहरु जताभावी नफ्याँकिदिने अनुरोध पनि गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ