जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको बिजेता बने खरसाङ महाविद्यालय 

Share this news

खरसाङ, (निसं): नेपाली भाषा मान्यता दिवसको अवसरमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको आयोजनामा जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको फाइनल खरसाङ महाविद्यालयले‌ जितेको छ। दार्जिलिङको भानु भवनमा आयोजित उक्त जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको अध्यक्षता दार्जीलिङ पार्वत्य विश्वविद्यालयको रजिष्टर एंव वरिष्ठ साहित्यकार सुजतारानी राईको अध्यक्षतामा‌ सम्पन्न भएको छ। तर्क सभालाई शिक्षक दिव्यत्तम अधिकारीले‌ सञ्चालन गरेका‌ थिए। यस जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको फाइनल खरसाङ महाविद्यालय र साउथ फिल्ड महाविद्यालयमाझ सम्पन्न भएको छ। उक्त तर्क सभामा निर्णायकको रुपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले, प्राध्यापक डा कुशल गोले, वरिष्ठ पत्रकार मोहन लामा, कवि एवं पत्रकार शरण मुस्कान, शरदकुमार नेपाल रहेका थिए भने समय सूचकको रुपमा शिक्षक देवाशिष जोशी रहेका थिए।‌ यस तर्क सभाको विषय ‘जातीय उत्थानमा जनसंख्याको महत्व छ कि छैन’ रहेको थियो। यस विषयमा पक्षमा खरसाङ महाविद्यालय र विपक्षमा साउथ फिल्ड महाविद्यालय रहेका थिए। यस जीटीए स्तरीय तर्क सभामा खरसाङ महाविद्यालयले बिजय हाँसिल गरेर जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको उपाधि जित्न सफल बनेको छ। जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको विजेता खरसाङ महाविद्यालयलाई ट्रफी, च्यालेञ्च शिल्डसहित नगदराशि 30 हजार प्रदान गरिएको छ भने भने उप विजेता साउथ फिल्ड महाविद्यालयलाई ट्रफीससहित नगदराशि 15 हजार प्रदान गरिएको छ। त्यसरी नै यस तर्क सभामा उत्कृष्ट तार्किकको‌ रुपमा खरसाङ महाविद्यालयकी तार्किक अबिस्ना तामाङ चयन भएका‌ छन् अनि उनलाई ट्रफीसहित 5 हजार रुपियाँ प्रदान गरिएको छ। उक्त तर्क सभाको विजेता र उपविजेतालाई ट्रफी र च्यालेञ्च शिल्डसहित नगदराशि सभाध्यक्ष, प्रमुख अतिथि लगायत अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको अध्यक्ष विश्वास गुरुङ र महासचिव भुपेन्द्र छेत्रीको बाहुलीबाट प्रदान गरिएको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ