ग्राम पञ्चायत क्षेत्रहरूमा पनि नेपाली साइनबोर्ड लगाउनुपर्ने पञ्चायत समिति अध्यक्षको अपिल

Share this news

खरसाङ, (सुवास छेत्री): केवल शहरी क्षेत्रका दोकानपाट, निजी तथा सरकारी कार्यालयहरू, स्कूल तथा कलेजहरूमा मात्र होइन तर अब ग्राम पञ्चायत क्षेत्रका प्रत्येक दोकानपाट, विद्यालयहरू तथा निजी एवम्‌‍ सरकारी कार्यालयतिर पनि अब अनिवार्य रूपमा नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्ने अपिल खरसाङ खण्ड ग्राम पञ्चायत अध्यक्ष अनु प्रधानले गरेकी छन्‌‍। तिनले बिहीवार खरसङ्मा आयोजित भाषा मान्यता दिवस समारोहमा आफ्नो सम्बोधन राख्दै अब प्रत्येक ग्रामीण क्षेत्रहरूतिर पनि नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्नेछ भनी बताइन्‌‍। प्रधानले वर्षमा एकदिन भाषा मान्यता दिवसमा मात्र भाषाको विषयमा ठूल्ठूला भाषण दिएर नहुने बताउँदै यसको प्रयोगमा हामी सदैव लागिरहनु पर्ने विचार व्यक्त गरिन्‌‍। तिनले हामीले नै हाम्रो भाषाको सम्मान र जगेडा गरेनौँ भने अरू कसैले नगर्ने जनाउँदै यसलाई लिएर अब प्रत्येक नानीहरूका अभिभावकहरू पनि सचेत र सजग रहनुपर्ने बताइन्‌‍। प्रधानले पाश्चात्य संस्कृति र भाषालाई अँगाले आफ्नो भाषा र संस्कृतिलाई कदापि भूल्न नहुने बताउँदै भाषा बाँचे मात्र जाति र जातिको अस्तित्व बाँच्ने तिनले दावी गरिन्‌‍।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन