खरसाङ महकुमा खेलकुद संघले क्रिस्पियन छेत्रीलाई जनायो सम्मान

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकुद संघले भारतीय महिला फुटबल टीमका प्रमुख प्रशिक्षक एवं पूर्व राष्ट्रिय फुटबल खेलाड़ी क्रिस्पियन छेत्रीलाई सम्मान जनाएको छ। बुधवार संघको कार्यालयमा सम्पन्न भएको एक कार्यक्रममा छेत्रीलाई सम्मान जनाइएको हो। कार्यक्रममा क्रिस्पियन छेत्रीलाई संघका अध्यक्ष मोहन योञ्जन, सचिव निर्माल गुरुङ, उपाध्यक्ष फूर्बा घिसिङ, संघका कर्मठ सदस्य विकास तामाङ अनि अन्य पदाधिकारीहरूको बाहुलीबाट खदा लगाएर गोर्खा जातीय प्रतिक खुकुरी स्मृति चिन्ह उपहार स्वरुप प्रदान गरेर सम्मान जनाइएको हो। यसरी सम्मान जनाएकोमा खुशी प्रकट गर्दै क्रिस्पियन छेत्रीले भने, म सदैव खरसाङ महकुमा खेलकुद संघको साथमा रहेको हुनेछु। मैले सकेसम्म सबै सहयोग संघलाई पुर्‍याउने छु। यसरी संघको सम्पूर्ण परिवारले सम्मान जनाएकोमा धन्यवाद दिन्छु। यस कार्यक्रमको बारेमा बताउदै संघका उपाध्यक्ष फूर्बा घिसिङले भने, 1 सय 30 करोड़ जनसंख्या भएको देशमा हाम्रो गोर्खे छोराले देशको महिला फुटबल टीमको मुख्य प्रशिक्षकको रुपमा रहेर कार्य गरेकोमा हामीलाई गर्व छ। क्रिस्पियन छेत्रीले हाम्रो गौरव हुन्। देशको महिला फुटबल टीमको प्रमुख प्रशिक्षकको रुपमा रहेर टीमलाई एसियन फुटबल कन्फेडेरेशन (एएफसी) टुर्नामेन्टको निम्ति क्वालिफाई गराउनु भनेको अझ बढ़ी गर्वको कुरो हो। भरखरै थाईल्याण्डमा सम्पन्न भएको एसियन फुटबल कन्फेडरेशन (एएफसी) क्वालिफाइ खेलमा क्रिस्पियन छेत्रीको अथक प्रयास र कुशल प्रशिक्षणमा भारतीय राष्ट्रिय महिला फुटबल टीमले आगामी 2026 मा अष्ट्रेलियामा आयोजना हुने एसिया फुटबल एन्फेडेरेशन (एएफसी) टुर्नामेन्टको निम्ति क्वालिफाइ गर्न सकेको छ। भारतीय राष्ट्रिय महिला फुटबल टीमले यसरी क्वालिफाइ गरेकोमा आज सम्पूर्ण देश नै गर्वित बनेको छ। हाम्रै पहाड़का छोरा, खरसाङमा जन्मिएका, हुर्किएका क्रिस्पियन छेत्रीको यति ठूलो उपलब्धिमा हामी सबैलाई खुशी र गर्व लाग्नु स्वाभाविकै हो। सम्पूर्ण क्षेत्र, जाति र देशलाई गौरवान्वित पार्ने व्यक्तिहरूलाई सम्मान जनाउनु हाम्रो कर्तव्य हो भन्ने हामीले ठानेका छौँ। यसैले आज हामीले सम्पूर्ण खरसाङ महकुमा खेलकुद संघको तर्फबाट छेत्रीलाई सम्मान जनाएका छौँ। आगामी दिनमा अझ भव्य कार्यक्रमको आयोजना गरेर हामी छेत्रीलाई सम्मान जनाउने बारेमा विचार गरिरहेका छौँ। यस कार्यक्रमलाई संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ