खरसाङ फुटबल एसोसिएशनको टाली देवाञ्जन शेर एफसीको कार्यक्रममा

Share this news

खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको सदस्यहरू सामेल एउटा टोलीले कालेबुङ्को देवाञ्जन शेर फुटबल एकादमीद्वारा आयोजित कार्यक्रममा अंशग्रहण गरेको छ। भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय महिला फुटबल दलका खेलाड़ी अञ्जु तामाङलाई सम्बर्द्धना जनाउन कार्यक्रम आयोजना गरिएको थियो, उक्त कार्यक्रममा खरसाङ फुटबल एसोसिएशनलाई पनि निमन्त्रण गरिएको थियो। यस कार्यक्रममा सहभागिता जनाउनको निम्ति एसोसिएशनको टोली कालेबुङ पुगेको हो। कार्यक्रममा अतिथिको रुपमा कालेबुङ जिल्ला शासक बाला सुब्रमनियम टी, विधायक रुदेन लेप्चा, जीटीएको खेल अनि युवा मामिला विभाग भासद पाउल सिमिक, सन्त फिलोमिना विद्यालयकी प्रधानाचार्य सिस्टर क्रिसन्ता राई, शिक्षक इस्लाम्पुर नन्दु, देवाञ्जनका खेलाड़ी अनि प्रशिकक्षक दार्जीलिङ स्कूल काउन्सिलकी कम्लेश राई अनि अन्यान्य उपस्थित थिए। कार्यक्रमको स्थान मेला ग्राउण्ड रहेको भए तापनि अधिक वर्षातको कारण जिल्ला शासक कार्यालयको कन्फरेन्स हलमा सम्पन्न गरिएको थियो भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ