खरसाङ पञ्चायत समितिद्वारा विभिन्न विधामा योगदान दिने चारजना विशिष्ट व्यक्तिहरुको स्मृतिमा वार्षिक सम्मानको घोषणा

Share this news

खरसाङ, अगस्त(निसं)ः खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री र कर्माध्यक्षद्वय भक्तिमान तामाङ र शुभहाङ एन्ड्यु सुब्बा अनि पञ्चायत समिति सदस्य मौसम तामाङ उपस्थित भएर यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने घोषणा गरेका छन्‌‍। यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा सिटोङ निवासी युवा स्रष्टा सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ भने चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङ्को सन्त मेरिज निवासी एंव भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर आब्राहाम शैक्षिक सम्मान गाड़ीधुरा निवासी जुनियर स्यान्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। उक्त सम्मानहरु विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीले यसपालीदेखि चारवटा विभिन्न विधाहरुमा खरसाङ खण्ड क्षेत्रका विभिन्न व्यक्तिहरुलाई विशिष्ट योगदान दिने चारजना व्यक्तिहरुका स्मृतिमा प्रदान गरिने घोषणा गरिएको बताएकी छन्‌‍। उनले यो सम्मान अब प्रत्येक वर्ष खरसाङ खण्ड अन्तर्गत पर्ने विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिने भएको बताउँदै चारजना विशिष्ट व्यक्तिहरुको स्मृतिमा प्रदान गर्ने साहित्यिक सम्मान, शैक्षिक सम्मान, संगीत सम्मान र खेलकूद सम्मानको लागि सम्बन्धित विशिष्ट व्यक्तिको परिवारबाट औपचारिक अनुमति लिइएको पनि सभापति अनु छेत्रीले बताएकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ