किड्नी रोगी अनिकेत सुब्बाको निम्ति दार्जीलिङ माटोको मायाद्वारा सांगीतिक कार्यक्रम

Share this news

खरसाङ, 22 जुलाई (निसं)ः धजिया चियाबारी नौ नम्बरका किड्नी रोगी अनिकेत सुब्बाको किड्नी प्रत्यारोपण गर्नको निम्ति दार्जीलिङ माटोको मायाँ सेवा संस्थाको मिरिक शाखाका प्रमुख संयोजक मनिन्द्र सुब्बा गोर्खा, प्रमुख सदस्य विशाल राई, रघु लोहार, सहयोगी किशोर राज सुब्बा अनि विशाल थापाको सक्रियतामा सहयोग राशि सङ्कलनको कार्य भइरहेको छ। सोमवार दुधेको बाङ्गे बजारस्थित खोकोन दोकानको प्रांगणमा धजिया चियाबारी नौ नम्बरका सर्जक एवं सामाजिक युवावर्ग साथै नवोदित गायक-गायिकाहरूले सड़क सांगीतिक कार्यक्रममा गीतहरू प्रस्तुत गरेर आर्थिक सहयोगको प्राप्त गर्नको निम्ति अभियान चलाए। उक्त आर्थिक सहयोग संकलन अभियानमा दुधेका एक असल सामाजिक अभियन्ता अनुप गदालको पनि उपस्थिति रहेको थियो। पीड़ितलाई सहयोग पुऱ्याउनको निम्ति बिहानदेखि साँझसम्म कलाकारहरूले नेपाली, हिन्दी गीतहरू गाएर सहयोगी एवं दाताहरूको मन जित्ने प्रयास गरेका थिए। आर्थिक सहयोग संगलन अभियानको बारेमा बताउदै मनिन्द्र सुब्बाले भने, मान्छेको कुनै पनि टुंगो हुँदैन, भोलीको दिनमा कसलाई के हुन्छ, कसैलाई पनि थाहा हुँदैन। मानवको जीवन पाउँनु नै असल कर्म गर्नु हा। आज हामीले मानव भएर मानवता निभाउदै असल कर्म गरेका हौँ। यस अभियानमा जति पनि महानुभावहरुले किड्नी रोगी अनिकेत सुब्बालाई आर्थिक सहयोग पिऱ्याए, तिनीहरूलाई धन्यवाद दिन्छौँ। यो अभियान सफल तुल्याउनको निम्ति गाड़ी धुरा थाना, दुधिया टाइम्स्‌‍, धनवीर ज्ञाबक, खोकन परिवारद्वारा सहयोगी प्राप्त गरेका छौँ, उनीहरूप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राख्छौँ। सुब्बाले आफ्नै दाजु-भाई अथवा छोरा सम्झेर किड्नी रोगी अनिकेत सुब्बालाई आर्थिक सहयोग प्रदान गरिदिने निवेदन पनि गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ